लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आन्दोलन होइन,अब अदालतको निर्णय कुरौं’

IMG

बुटवल,पुस १३ ।संसद विघटनपछि नेपालमा विकसित राजनैतिक अन्यौलतालाइ निकासदिन सर्बाेच्च अदालतको निर्णय कुर्नुपर्ने सरोकारवालाले बताएका छन् । अदालतमा बिचाराधीन मुद्धामा बाहिर बहस र आन्दोलन गर्नुको अर्थ नरहेको उनीहरुको तर्क छ ।


लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव आइहाले फेस गरिन्छ : श्रेष्ठ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले प्रतिक्रियाबादीहरुको चलखेलले पार्टी बिभाजन भएको तर्क गरे । प्रधानमन्त्री  केपि शर्मा ओलीले चालेको कदम संबैधानिक भएको तर्क गर्दै प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको कुरा भएको भन्दै ओलीको बचाउ गरे ।सडकमा भैरहेको आन्दोलनको कुनै तुक नभएको उनको टीप्पणी छ । सडक आन्दोलन केका लागि सर्बाेच्चको बिरुद्ध की प्रधानमन्त्री ओलीको बिरुद्ध भन्दै उनले प्रश्न समेत गरे । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावबारे बोल्दै श्रेष्ठले तत्काल त्यो संभावना नरहेको दाबि गरे । यदि आइहालेमा फेस गरिने र आएपनि दूर्भाग्य नहुने समेत ठोकुवा गरे ।


प्रधानमन्त्रीको कदम लोकतन्त्रको बिरुद्धमा :गिरी


कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता युवराज गिरीले प्रधानमन्त्रीको कदम लोकतन्त्रको बिरुद्धमा रहेको आरोप लगाए । ओलीको गैरसंवैधानिक र तानाशाही शैलीले देश दुर्घटनामा पुगेकामा उनको चिन्ता थियो । सडक र सदनमा पनि सत्तारुढ दल रहेको भन्दै आफ्नो बिबाद मिलाउन नसक्नेले कांग्रेसलाई दोष दिन नहुने तर्क गरे । सर्बाेच्च अदालतमा बिचाराधीन मुद्धामा धेरै बहस र बिरोध गर्न नहुने भन्दै अदालतलाइ प्रभाव पार्ने काम कसैले पनि गर्न नहुने बताए ।नेता गिरिले अदालतको निर्णयको प्रतिक्षामा कांग्रेस रहेको र त्यो निर्णय नै सर्बमान्य हुने दाबि गरे ।नेकपाको उन्मातले संविधानमाथि आक्रमण भएको उनको तर्क छ । उनले नेकपा फुट्नु भन्दा जुट्नु नै राम्रो हुने भन्दै जुटका लागि शुभकामना दिए ।


प्रधानमन्त्रीले आत्मघाती र जघन्य अपराध गरे :चापागाई

कार्यक्रममा बोल्दै अधिबक्ता तथा बरिष्ठ पत्रकार बालकृष्ण चापागाइले प्रधानमन्त्री  ओलीले चालेको कदम संबैधानिक, अप्रजातान्त्रीक,जनघाती,आत्मघाती जघन्य अपराध भएको टिप्पणी गरे । दुनियामा सत्य एउटा मात्रै हुने भन्दै चापागाइले सत्यका पछि नलाग्ने पद,शक्ति र सत्ताका पछि लाग्नेहरु अपराधिक काम भएको समेत आरोप लगाए ।मुलुकमा अनिष्ट निम्त्याउने काम क्षमायोग्य नहुने भन्दै गलत काम गर्ने ओलीकापछि लाग्नेहरु आत्मघाती र संविधान बिरोधी भएको आरोप लगाए ।अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लवका सचिव कपिल ज्ञवालीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्