
पौष ११ तिलोत्तमा । लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले समृद्ध समाज निर्माणमा सहकारीहरुको भुमिका अब्बल रहेको बताएका छन ।सहकारीको माध्यमबाट धेरैलाई उद्यमशिलता बनाउन सकिने भएकाले पनि सहकारी समृद्धीको सूचक रहेको उनले बताए । सामूहिक विकास बचत तथा क्रृण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका ३ को २६ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गिरीले बचत र क्रृण प्रहाव गर्ने मात्र सहकारी काम नभई बेरोजगारीलाई रोजगार तर्फ आर्कषित गर्नु र लगानीका लागि प्रोत्साहन गराउने काम पनि सहकारी भएको उनले बताए ।उनले लगानीका क्षेत्र छनोट गर्दा सहकारीहरुले रोजगारमुलक क्षेत्र पनि समेट्न जरुरी रहेको बताए । उनले अहिलेको प्रविधिलाई आत्मसाथ गर्दै सहकारीहरु डिजिटल प्रविधिमा रुपान्तरण हुँदै सदस्यहरु माथि अझ बढि जवाफदेही हुनुपर्ने बताए । सदस्यहरुको आयआर्जनमा बृद्धि, तालिम लगाएका कार्यक्रमहरुलाई पनि सहकारीले प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।उनले सहकारी ऐन अनुसासन कायम गराउनका लागि आएको भन्दै ऐनमा भएका अप्ठयारो केही बुदा भए त्यसलाई पनि सच्चाउन प्रदेश सरकार तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले सहकारीले धेरैलाई बचत गर्ने बानीको विकास गरेको भन्दै सहकारीमा जोडिएर उद्यमशिलता हासिल गर्न सवैलाई आग्रह गरे ।कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष सुरेन्द्र कुमार बर्माले सहकारीले यस बर्ष कोभिडका कारण रोजगार गुमेकाहरुलाई उद्यमशिल बनाउन रोजगार प्रबद्र्धनका कार्यक्रमहरु आगामी बर्षका लागि ल्याइएको बताए । कार्यक्रममा सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मण अर्याल, सल्लाहकार माधव पाठक, कृष्ण प्रसाद नेपाल, चुडामणी खरेल लगायतले बोलेका थिए ।कोभिडका कारण यस बर्ष सहकारीले ९ दिन सम्म सहकारीको साधारण सभा गरेको थियो । ४ हजार २ सय ७१ महिला र ३ हजार ३ सय ९१ पुरुष गरी कुल ७ हजार ६ सय ६२ शेयर सदस्य रहेको सहकारीले कोरोनाको महामारीको अवस्थामा सहकारी विभागको मार्ग दर्शन अनुसार भिडभाड कम गर्न ९ दिन सम्म साधारण सभाका कार्यक्रम गरेको थियो ।
निक्षेप संकलनमा लुम्बिनी प्रदेशकै ठुलो सामुहिक विकास बचत तथा क्रृण सहकारी संस्थाको ०७७ असार मसान्त सम्म कुल शेयर पुजी २४ करोड ५४ लाख रहेको छ । त्यस्तै जडेडा, संस्थागत कोषमा २८ करोड ७८ लाख रुपैया रहेको छ । १ अर्ब ९२ करोड निक्षेप बचत रहेको सहकारीले १ अर्ब ९१ करोड क्रृण लगानी गरेको छ ।त्यसतै सहकारीले यस बर्ष मात्र ६ करोड ३१ लाख खुद नाफा गरेको छ । ०७६ असार मसान्त सम्म ७ करोड १७ लाख खुद नाफा गरेको सहकारीले यस बर्ष कोभिडका कारण व्याजदरमा छुट दिदा ६ करोड ३१ लाख रुपैया मात्र खुद नाफा गरेको सहकारीका बरिष्ठ व्यवस्थापक ईश्वरी मरासिनीले बताए ।सहकारीको कुल सम्पत्ती भने २ अर्ब ४९ करोड ५४ लाख रुपैया रहेको छ ।कार्यक्रम सहकारीका उपाध्यक्ष लक्ष्मण ज्ञवालीको स्वागत तथा सदस्य मिन प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्