लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एसईईबारे शिक्षा मन्त्रालय अन्योलमा

IMG

८ पुस, २०७७ तिलोत्तमा। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय लिन नसक्दा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्योलमा परेको छ ।मन्त्रालयले बेलैमा निर्णय लिन नसक्दा गतवर्ष जस्तै एसईई नहुने सम्भावना बढेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गतवर्ष आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको थियो ।गतवर्षको तालिकालाई आधार मान्ने हो भने परीक्षा आउन तीन महिनाभन्दा पनि समय बाँकी छ । तर राष्ट्रिय परीक्षा बोर्डले कुनै तयारी गरेको छैन ।एसईईबारे निर्णय गर्न बोर्डले गरेको पत्राचारको मन्त्रालयले जवाफ दिएको छैन ।


बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल मन्त्रालयबाट पत्रको जवाफ नआएको बताउँछन् ।‘एसईईको तयारी गर्न धेरै ढिलो भईसकेको छ तर मन्त्रालयको स्पष्ट निर्देशन नआई तयारी गर्ने कुरा भएन’, उनी भन्छन् ।विगतका वर्षहरूमा साउन महिनामै परीक्षा आवेदन खुलिसक्थ्यो । तर पुस पहिलो साता सकिँदासम्म कति परीक्षार्थी हुन्छन् भन्नेसम्म अत्तोपत्तो छैन ।सरकारले २०७७ जेठमा एसईई सञ्चालन गर्ने निर्णय गरेकाले पनि मन्त्रालयबाट अर्को निर्णय नआउँदासम्म तयारी गर्न नमिल्ने बोर्डका अधिकारीहरू बताउँछन् ।


कमेन्ट गर्नुहोस्