
तिलोत्तमा पौष ३, २०७७। रुपन्देहीको तिलोत्तमा नगरका नगरप्रमुख बासुदेव घिमिरेले युवाहरूलाई नेतृत्व बिकाश र उद्धमशिलता मा रुपान्तरण गर्दै समाज र देशको बिकाशमा साझेदारी गराउनु आजको आबश्यक्ता रहेको बताउनुभएको छ । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा तिलोत्तमा नगरपालिकाको बोधिभिल्ला रिसोर्टमा चलिरहेको एक कार्यक्रममा उहाले सो कुरा बताउनुभएको हो ।
३ दिन अघिबाट चलिरहेको नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनले नया नेतृत्व प्रदान गर्ने छ। अहिले विश्व कोरोना संक्रमणमा अल्झिरहेको बेला नेपाल जस्तो बिकाशोन्मुख देशका युवा हरुले आफ्नो नेतृत्व बिकाश संगै समाजको बिकाशका निम्ति उद्धमशिलता लाइ अझै बढाई समाज रुपन्तरणमा बिशेस योगदान गर्नु आवश्यकता रहेको नगर प्रमुख घिमिरेको भनाइ थियो। तिलोत्तमा नगरका उपप्रमुख जागेश्वरी देवी चौधरी, नगरप्रबक्ता सुरेन्द्र श्री लगायतको उपस्थिति रहेको सो कार्यक्रममा यस क्षेत्रका स्थानिय तहका प्रमुख तथा उपप्रमुख र सुरक्षा निकाय एबम सामाजिक सस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। आज शुक्रबार हुने महाधिबेशनले जेसिसमा नया नेतृत्व चयन गर्ने छ।
तस्बीर :सुरेन्द्र श्रीको फेसबुक वालबाट
कमेन्ट गर्नुहोस्