
तिलोत्तमा १ पौष २०७७। नियमित रुपमा सरसफाई र हरियाली प्रबर्धनलाइ हरेक महिनाको १ र १५ गते गर्दै आएको रुपन्देहीको तिलाेत्तमा नगरपालिकाकाे वडा न. ४ सिमानगरमा ६५ औ संस्करण सम्पन्न भएको छ। सो नगर सफाई र हरियाली प्रबर्धन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेकाे प्रमुख आतिथ्यता र वडा नम्बर ४ का अध्यक्ष दिवाकर ढकालकाे अध्यक्षतामा सम्पन्न भएको हो ।
सो कार्यक्रम को पुर्बसंध्यामा बोल्दै नगरप्रमुख घिमिरेले यो अभियान संचालन भएदेखि हालसम्मको जनताको चासो र सहभागिताले कार्यक्रमको थप गरिमा बढाएको र काम गर्न झन् उत्साहित बनाएको बताउनुभयो। उहाले सबै नागरिक को स्वास्थ्यको बिषय भएकाले फोहोर संकलन, सरसफाई हरियाली प्रबर्धन लाइ आत्मसात गरेर सबैको नागरिक हुनुको कर्तब्य निभाउन आग्रह समेत गर्नु भयो। उहाले कोरोना महामारी पछि यो अभियानमा जोडिन सबैले आफ्नो स्वास्थ्यका लागि सजग हुन समेत आग्रह गर्नुभयो।
सो अभियान अन्तर्गतको सरसफाई कार्यक्रम वडा सदस्यहरु, टाेल विकास संस्था , खानेपानी पार्सद सदस्यहरू, नगर कर्मचारीहरू, वडा नं ४ का आमनागरिकहरुकाे सहभगितामा भब्यताका साथ सम्पन्न भएकाे हो। अभियानले वडा नम्बर ४ का सिमानगर, सुनाैलाेनगर, श्रीन्गेश्वर मंदिर क्षेत्र र डिङनगर लगायतका क्षेत्रमा बृहत् सरसफाई सम्पन्न गरेको थियो । नगर सफाई हरियाली प्रबर्धन उद्घाटन सत्रकाे प्राध्यापक तुलसी राम सापकाटाले सन्चालन गर्नु भएकाे थियाे।
कमेन्ट गर्नुहोस्