लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परिचित साकोस तिलोत्तमाको अध्यक्षमा बोहोरा

IMG

प्रकाश गौतम,मंसीर ३० तिलोत्तमा। परिचित बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा-१२ प्रगतिनगरको १० औ बार्षिक साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट चित्र बोहोराको अध्यक्षतामा ७ सदस्यीय सन्चालक समीती चयन भएको छ । जसको उपाध्यक्षमा अनिता गुरुड्ड , सचिवमा राम बहादुर कंवर , कोषाध्यक्षमा गोपी पान्डेय चयन हुनु भएको छ ।  त्यसैगरी सदस्यमा सृजना बराल , बिष्णु खत्री , चन्द्रकला अधिकारी र पबित्रा पोख्रेल अधिकारी रहनु भएको छ ।


अधिवेशन बाट जगदिस थारुको संयोजकत्वमा ३ सदस्यीय लेखा समीती गठन भएको छ । सदस्यमा बुद्धीमाया तिवारी र श्याम गुरुङ्ग चयन हुनुभएको छ । कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद नेपालले गाउंगांउमा सहकारी स्थापनासगै बचत गर्ने बानीको बिकाश भएको भन्दै स्वरोजगारी श्रृजना गरि अघि बढनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाले सहकारी एन २०७४ ले सहकारीहरुलाइ खुसी गराउन नसकेको भन्दै सरल बनाउने गरि सरकारलाइ दवाब दिएको बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समीती रुपन्देहीका सदस्य कबिराम अर्याल केन्द्रीय दुग्द्ध सहकारी सघं लिमिटेडका सदस्य हरि प्रसाद काफ्लेले सहकारीहरुले ग्रामीण क्षेत्रका नागरिकहरुलाई आर्थिक बिकाशमा सहभागी गराएको बताउनुभयो । कार्यक्रममा तिलोत्तमा वडा न-१२ का वडा सदस्य दुर्गा आर्चाय , हरी गौतम , अनिता गुरुड्ड , प्रकाश गौतमले परिचित सहकारीले समाजमा पुर्याएको योगदानका बिषयमा चर्चा गर्नुभएको थियो। सस्थाका अध्यक्ष यादव प्रसाद  अर्यालले बार्षिक प्रतिबेदन , लेखा संयोजक रामु कवरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कायक्रमको सन्चालन सस्थाका सचिव चित्र बोहोराले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्