लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्थतन्त्रमा सुदृढ हुँदै गएको छ : अर्थ मन्त्रालय

IMG

३० मंसिर, तिलोत्तमा। कोरोना भाइरसको महामारीका बीच पछिल्लो समय चलायमान भएको बजारका कारण अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको विश्लेषण अर्थ मन्त्रालयले गरेको छ ।मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधि -साउन-कात्तिक)को समिक्षा विवरण सार्वजनिक गर्दै यस्तो विश्लेषण गरेको हो ।मन्त्रालयका अनुसार चालु आवको प्रथम चौमासिक अवधिमा व्यापार सन्तुलन, चालु खाता तथा भुक्तानी सन्तुलन र विदेशी विनिमय संचितिमा क्रमिक रुपले सुधार भई बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको बताएको छ ।कोरोनाको जोखिमका कारण पैठारीमा संकुचन आएका कारण आर्थिक क्रियाकलापको बिस्तारमा भने केही चूनौती देखिएको मन्त्रालयले उल्लेख गरेको छ । यसबीचमा निकासीमा भएको वृद्धिले व्यापार घाटा १.५ प्रतिशतले सुधार भएको मन्त्रालयको भनाइ छ ।


पहिलो चौमासिक अवधिा निकासी र प्रठारीको अंश क्रमश ९.०८ प्रतिशत रहेको छ ।पहिलो चौमासिक अवधिमा कुल संघीय खर्च लक्ष्यको तुलनामा १९.१ प्रतिशत बढी भएको छ । यसमा चालु खर्चको हिस्सा ठूलो छ । कात्तिकसम्म २ खर्ब ३० अर्ब रुपैयाँ चालु खर्च भएको छ । पूँजीगत खर्च भने मात्र २९ अर्ब ४४ करोड रहेको छ ।चार महिनामा राजस्व संकलनतर्फ भने ९४.प्रतिशत प्रगति भएको छ । आयकरमा २.७ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।भन्सार राजस्वको संकलन समेत २.२ प्रतिशत बढी उठेको छ । प्रथम चौमासिकमा वैदेशिक सहायताको प्रतिवद्धता ९० अर्ब ५५ करोड पुगेको छ ।वित्तीय पहुँचमा विस्तार भएको उल्लेख गर्दै मन्त्रालयले नेप्से सूचकांकमा देखिएको निरन्तरको सुधारले पूँजिबजार थप सबलिकृत भएको बताएको छ । यसले अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको अर्थ मन्त्रालयको दावी छ ।


कोभिड १९ को महामारीका कारण चालु आवको शुरुवाती महिनामा विकास निर्माणका काम पूर्ण रुपमा ंचिालन हुन नसकेको अर्थ मन्त्रालयको भनाइ छ । जसले गर्दा ती महिनामा पूँजिगत खर्च उल्लेख्य बढ्न सकेको थिएन ।पछिल्ला दिनमा भने पूँजीगत खर्चले गति लिएको मन्त्रालयको दावि छ । चार महिनामा पूँजीगत खर्च कुल लक्ष्यको ८.३४ प्रतिशत भएको छ ।

कमेन्ट गर्नुहोस्