लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल मेडिकल कलेज तिलोत्तमाको काम अघि बढ्दै,डिपिआरको योजना प्रस्तुत

IMG

मङ्सिर २९ २०७७ तिलोत्तमा।  रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड न १ र ८ मा निर्माण हुन लागेको बुटवल मेडिकल कलेज तिलोत्तमाको काम तिब्र गतिमा अगाडी बढ्ने भएको छ। २००बिगाहा क्षेत्रफलमा बन्ने  राष्ट्रिय गौरवको योजना मध्यको यस क्षेत्रकै प्रमुख योजना बुटवल मेडिकल कलेज तिलोत्तमाको पुर्बधार निर्माण आयोजनाको डिपीआर तयारीको सन्दर्भमा परामर्शदाता केज कन्सल्टेन्टको तर्फबाट प्रारम्भिक खाका प्रस्तुत गरिएको नगर प्रबक्ता सुरेन्द्र श्रीले बताउनुभयो।


आज (सोमबार ) होटेल टुलिप ड्राइभरटोलमा लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरिको प्रमुख आथित्यता एबंम  लुम्बिनी प्रदेशका संसद , आर्थिक समितिका सभापति दधिराम न्यौपाने, नगरप्रमुख बासुदेब घिमिरे  , उपप्रमुख जागेश्वोरी देवी चौधरी , नेकपाका नगर अध्यक्ष  मोहन चापागाई , नेपाली कांग्रेस नगर सभापति  हरिलाल पाण्डे  , नगरप्रबक्ता सुरेन्द्र श्री, नगरका वार्ड अध्यक्ष  कार्यपालिका सदस्य आयोजना निर्देशक मान बहादुर घिमिरे ,लगायत इन्जिनियर र सघं संस्थाका प्रतिनिधि साथै मेडिकल कलेजका शा.अ झबिलाल बिश्वकर्मा लगायतको उपस्थितिमा तिलोत्तमा नगरपालिका वार्ड न १ र ८ मा निर्माण हुन लागेको बुटवल मेडिकल कलेज तिलोत्तमाको योजना प्रस्तुत गरिएको थियो।


सो योजनामा थप सुझाव सहित परिमार्जन गरि अझ सशक्त बनाउन र जनताको स्वास्थ्य सेवाको लागि सहज र सुविधायुक्त मेडिकल कलेज स्थापना गर्न योजना अगाडी बढने सो कार्यक्रममा उपस्थित जानकार तथा योजना कन्सल्टेन्टहरुको भनाइ थियो। प्रधानमन्त्री केपी शर्मा ओली आएर उद्घाटन गर्नुभएको सो मेडिकल कलेजको हाल कार्यालय तिलोत्तमा १ नयामिल मा रहेको छ। 

कमेन्ट गर्नुहोस्