
तिलोत्तमा, २०७७ मंसिर २९। काठमाडौंको टोखा नगरपालिकामा कार्यरत सफल प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भै आउने पक्का भएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले टोखा नगरपालिकामा रहदा नगरको विकास र सेवा प्रवाहको क्षेत्रमा सक्रिय भएर कार्य गर्नुभएको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले बताउनुभयो । उहाले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि प्रमुख प्रशासकीय अधिकृत पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभएको थियो । नगरपालिकाबाट हुने समग्र कामहरुको व्यवस्थापनमा जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुसंग पौडेलले समन्वयकारी भूमिका निर्वाह गरेका कारण नगरका कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुगेको नगरप्रमुख अधिकारिको भनाइ छ। आज टोखा नगरपालिकामा भएको एक कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई सम्मान गर्दै स-धन्यबाद सहित बिदाई गर्नुभएको थियो ।
कर्मचारीको दौरानमा जहा सुकै भएपनि आगामी दिनमा पनि नगरपालिकाको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुहुदै नगरप्रमुख अधिकारीले प्रमुख प्रशासकीय अधिकृत पौडललाई सरुवा भएर गएको कार्यालयमा पनि टोखाको जस्तै सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाई समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । हालसम्म टोखामा आएका ७ जना प्रमुख प्रशासकीय अधिकृतहरुमध्ये सबैभन्दा लामो समय प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा गर्नुभएको थियो । कार्यक्रममा टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुख ज्ञान बहादुर अधिकारीले प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल भएको समयमा नगरपालिकामा भएका कार्यहरुलाई छिटो, छरितो प्रभावकारी बनाउन सहज भएको बताउदै पौडेलको कार्यकाल सफल र नगरपालिकाको लागि ऐतिहासिक भएको बताउनुभएको थियो । कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत पौडेल सफल र सक्षम प्रशासक भएको कर्मचारीहरु बताउछन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रही नगर बिकाश र सेवा प्रबाहको लागि उल्लेख्य काम गर्ने बताउनु भएको छ।
कमेन्ट गर्नुहोस्