लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

IMG

मङ्सिर २८,२०७७ तिलोत्तमा। तिलोत्तमा रक्तदाता समाजले आधिकारिक रुपमा दर्ता भै गोबिन्द बन्जाडेको अध्यक्ष्यतामा १५ सदस्यिय कार्य समिती चयन गरेको छ । रगतको अभावले कसैले अकालमै ज्यान गुमाउन नपरोस भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै स्थापना गरिएको क्लबले शनिबार विशेषभेला गरि कार्यसमिती चयन गरेको हो। जस्को बरिश्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्षद्वय अर्जुनसिंह चौधरी, सरोज कंडेल, महासचिवमा अरुण पन्थी, सचिवमा सुशील गौतम, कोशाध्यक्षमा गोपाल भट्टराई, सह सचिवमा शिशिर पाण्डे, सह कोशाध्यक्षमा उत्तम पोख्रेल र सद्स्यहरुमा कृष्ण खनाल, हुमनाथ पाण्डे, दिपेन्द्र भट्टराई, साहित्य काराखेती, रबिन्द्रनाथ पाण्डे, बिक्रम खरेल लगायतको समिती गठन गरिएको सस्थाका अध्यक्ष गोबिन्द बन्जाडेले तिलोत्तमा सिटिलाई जानकारी गराउनुभयो ।

सस्था दर्ता भैसकेको र तदर्थ समिती बिघटन गर्दै कार्यसमिती गठन गरि सस्थाको अगामी भावी योजनामा बृहत् छलफल गरि सस्थाले प्रत्येक महिना अनिवार्य रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने बताइएको छ। जस अनुरुप पहिलो रक्तदान कार्यक्रम र सस्थाको परिचय कार्यक्रम तिलोत्तमा नगरपालिकासङ्ग सहकार्य गर्दै पुसको पहिलो हप्ताभित्र सम्पन्न गर्ने निर्णय भएको जानकारी सस्थाका महासचिव अरुण पन्थीले जानकारी गराउनुभयो ।सस्थाले नेपाल रेडक्रस सोसाइटी र ब्लड बैंकसङ्ग सहकार्य गर्दै तिलोत्तमाको प्रत्येक वडाहरु मा क्रमश: रक्तदान कार्यक्रमहरु गर्दैजाने र रुपन्देही जिल्ला भित्र रहेका प्रत्येक स्थानिय निकायहरुसङ्ग समेत परामर्श गर्दै रक्तदान कार्यलाई अगाडि बढाउने जनाएको छ। त्यसो त सस्थाले रक्तदान मात्र नभै रक्तदान गर्नुपर्छ भन्ने जनचेतना मुलक कार्यक्रमहरु समेत सन्चालन गर्ने सस्थाका उपाध्यक्ष सरोज कडेलले जानकारी गराउनुभयो । गोबिन्द बन्जाडेको अध्यक्षतामा तिलोत्तमा-५ स्थित इ-गार्डेन रेस्टुरेन्टमा सम्पन्न भेलाको सन्चालन महासचिव अरुण पन्थीले गर्नुभएको थियो ।


कमेन्ट गर्नुहोस्