लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक मेरुदण्डको जटिल शुल्यकृया

IMG

मङ्सिर २८,२०७७ तिलोत्तमा। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेरुदण्ड (स्पाईनल) हड्डी भाचिएको जटिल शल्यकृया सफल भएको छ । अस्पतालमा कार्यरत हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा. लक्ष्मण शर्मा र न्यूरो सर्जन डा. राजीव भण्डारीको टिमले मेरुदण्डको हड्डी भाचिएको (फ्याक्चर डि १२ एल वान वीथ कम्प्लिट प्याराप्लेजिया) को सफल शल्यकृया गरेको हो ।यहि मंसिर २४ गते भीरबाट लडेर घाईते भएकी अर्घाखाँचीको सितगंगा गाउँपालिका सिद्धाराकी ४९ वर्षीय महिला राधा आले उपचारको लागि २५ गते साँझ मात्रै लुम्बिनी प्रादेशिक अस्पताल आउनु भएको थियो । ‘बिरामीलाई अस्पतालमा ल्याउँदा अवस्था जटिल नै थियो ।’ हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा. शर्माले भन्नुभयो–‘बिरामीका दुबै खुट्टा प्यारालाईसिस (नचल्ने) भईसकेका थिए ।’ बिरामीको अवस्था हेरेर २६ गते शल्यकृया गरिएको हो । यो प्रकृतिको (पोष्टेरियर ईन्स्टुमेन्टेशन एण्ड फ्युजन एण्ड स्पाईनल डि कम्प्रेसन) जटिल शल्यकृया लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक गरिएको हो ।भीरबाट लडेर घाईते राधालाई अस्पताल ल्याएपछि के होला कसो होला भन्ने परिवार तथा आफन्तलाई पिर हुनु स्वभाविकै हो । गत शुक्रबार शल्यक्रिया पछि आज आईतबार नर्मल बेडमा सारिएको र स्वास्थ्य अवस्था पनि ठिक हुँदै गएको बिरामी राधाका आफन्त (ज्वाई) गंगा पुनले बताउनु भयो ।


डा. शर्माका अनुसार शल्यकृया (उपचार) पछि अहिले बिरामीको खुट्टा पनि सामान्य रुपमा चल्न थालेको र बिरामीको अवस्था पनि सामान्यतर्फ गईरहेको छ । उहाँको उपचारमा एनएसथेसियामा डा. सुरेन्द्र कुवँर सहितको टोलीले काम गरेको थियो ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा यस्तो समस्या लिएर प्रत्येक हप्ता दुई तीन जनाका दरले आईरहन्छन् । तर उनीहरुलाई काठमाण्डौ वा चितवन रिफर गर्ने गरिएको थियो । हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा. शर्मा लुम्बिनी प्रोदेशिक अस्पताल बुटवलमा आएको डेढ वर्षजती भयो । त्यस्तै अर्का न्यूरो सर्जन डा. भण्डारी आएको ६ महिना जती भयो । यस अंगाडीसम्म अस्पतालमा यो प्रकृतिको शल्यकृयामा आवश्यक पर्ने उपकरण र जनशक्ति पनि थिएनन् । ‘जनशक्ति भएपछि पनि उपकरण साधन स्रोत थिएन, बिस्तारै उपकरणहरु हुँदै गए, काम गर्न हामी भईहाल्यौं ।’ डा. शर्माले भन्नुभयो–‘यो प्रकारको जटिल शल्यकृया पहिलो पटक गरिएको हो ।’अझै पनि अस्पतालमा सर्जिकल आईसीयु छैन, शल्यकृयामा आवश्यक पर्ने उपकरणहरु पनि प्रयाप्त छैनन् ।


स्रोत साधान तथा उपकरण प्रयाप्त नहुँदा नहुँदै पनि फ्ल्याप सर्जरी (प्लाष्टिक सर्जरी), दिमागमा लागेको चोट, रगत जमेको लगायतका जटिल शल्यकृया समेत गर्न थालिएको छ ।शरीरको कुनै अंग भाँचिएर त्यस वरपरको मासु क्षतविक्षत भएको उपचार पद्धतीलाई फ्ल्याप सर्जरी भनिन्छ । यस्ता बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा वर्षमा सरदर १५ जना जति आउने गरेका छन् भने दिमागमा रगत जमेको, चोट लागेका बिरामी हप्तामा एक दुई जना आउँछन् । उनीहरुको समेत शल्यकृया सफल भएको उहाँले बताउनु भयो । यस्तो जटिल प्रकृतिको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा नहुँदा बिरामी नीजि वा बुटवल बाहिरका अस्पतालमा महंगो शुल्क तिरेर उपचार गर्न बाध्य थिए ।जनशक्ति व्यबस्थापनसंगै अस्पतालमा भएका उपकरणहरु जोडजाम गर्ने र नभएका उपकरणहरु किनेर काम गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताउनु भयो । उहाँले दैनिक भैपरिआउने उपचारलाई सहज गर्नको लागि अस्पताल लागि परेको बताउँदै उहाँले छुट्टै वार्ड बनाएर सेवा दिन नसकिए पनि भएका स्थानबाट सेवा दिन अस्पताल प्रतिवद्ध रहेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्