लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धिविनायकले गर्यो, बार्षिकोत्सवको अवसरमा ४० पोइण्ट रक्तदान

IMG

मङ्सिर २६,२०७७ तिलोत्तमा। भैरहवा क्षेत्रका लागि होण्डा कम्पनीको आधिकारिक डिलर सि.न.पा.–८ अञ्चलपुर स्थित सिद्धिविनायक अटो इन्टरनेशनल प्रा.ली.ले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष सुनिल कृष्ण श्रेष्ठले सामाजिक सेवामा समेत यस कम्पनीले आफ्नो भुमिका निरन्तर निर्वाह गरिरहेको र भविष्यमा पनि अझ सामाजिक कार्यमा अग्रसर रहीरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । शुक्रबार विहान १० बजे देखि शुरु गरिएको रक्तदान कार्यक्रममा ४० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।


नेपाल रेडक्रस सोसाइटी रुपन्देही सिद्धार्थनगर जिल्ला शाखाको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा सिद्धिविनायक अटो इन्टरनेशनल प्रा.ली.का कार्यकारी निर्देशक सुरज क्षेत्रीले सम्पूर्ण रक्तादाताहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रामाण-पत्र वितरण गर्नुभएको थियो । होण्डा कम्पनीको आधिकारिक डिलर रहेको सिद्धिविनायक अटो इन्टरनेशनल प्रा.ली.ले बिगत लामो समयदेखि आफ्नो सेवा भैरहवामा दिदै आएको छ।  

कमेन्ट गर्नुहोस्