
तिलोत्तमा २०७७ मङ्सिर २२। रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा बिगत १५ बर्ष देखि लगातार सेवा दिदै आइरहेको लुम्बिनी आँखा उपचार केन्द्रको शाखा बुटवल सुख्खानागरमा खुल्ने भएको छ। बुटवल सुख्खानगर भाट्भटेनि नजिकै केसी अप्टिकल्स एण्ड आइ केयरको नामबाट सो उपचार केन्द्र संचालन हुने नेत्र तथा दृष्टि चिकित्सक डा.अमित केसीले बताउनुभयो। अन्तरास्ट्रिय स्तरको प्रयोगशाला सहित आँखा तथा कन्ट्याक्ट लेन्स सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध हुने उहाको भनाइ छ। यहि मङ्सिर २३, २४ र २५ गते सम्म हुने शुभारम्भको अवसरमा आगामी पौष १६ गतेसम्म निशुल्क आँखा जाच हुने उपचार केन्द्रका संचालक कुल बहादुर केसीले बताउनुभयो।
तिलोत्तमाको मणिग्राममा बिगत १५ बर्ष देखि आखा सम्बन्धि सम्पूर्ण रोगको उपचार परामर्श औसधि प्रयोगशाला सेवा, चस्मा, कन्ट्याक्ट लेन्स , देश बिदेशमा चस्माको आकार प्रकार र पावरका चस्मा बनाएर पठाउने सेवामै अझै परिस्कृत र विशिष्टीकृत बनाइ सेवा पस्किने उपचार केन्द्रका डा. अमित केसीले बताउनुभयो। लकडाउन र कोरोना महामारीमा समेत घरघरमा पीपीई लगाएरै सम्पूर्ण सेवा दिएका डा. केसीले जनताको सेवामा आफु सदैब लागिरहने बताउनुभयो। अब चस्मा , प्रयोगशाला, आर्टिफ़िसियल कन्ट्याक्ट लेन्स औषधि उपचार र परामर्शका लागि बुटवलमा सेवा थप गरिएको उहाको भनाइ छ। उहाले सबै खालको विशेषज्ञ सेवा मार्फत जनताको स्वास्थ्यका लागि सधै तत्पर रहने बताउनुभएको छ । साथै डा.अमित केसी लगायत अरु दुइ जना दृष्टि विशेषज्ञ मनिषा थापा मगर र शुभेक्ष्या श्रेष्ठद्वारा पनि सेवा प्रदान गरिने जानकारी गराईएको छ।
कमेन्ट गर्नुहोस्