लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्य बैंकको एटीमएमबाट पैसा झिग्दा शुल्क लाग्ने

IMG

१९ मंसिर, तिलोत्तमा । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।



यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए । यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका थिए ।यद्यपि, राष्ट्र बैंकले सर्कुलर जारी गरिसकेपछि मात्रै यो नियम लागू हुनेछ । आगामी साता राष्ट्र बैंकले सर्कुलर जारी गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्