लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा दुर्घटना कम गर्न ट्राफिक प्रहरीकाे डमी राखियो

IMG

बुटवल, १४ मंसिर । बुटवलमा दुर्घटना कम गर्नको लागि लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले डमी ट्राफिक राखेको छ । बुटवलको पुष्पलाल पार्क, चौराहा चोक, तिलोत्तमाको योगिकुटी गरी ३ ठाउँमा ट्राफिक प्रहरीको डमी राखिएको हो ।बढ्दो सहरीकरण र सवारी चापको कारण दिनहुँजसो दुर्घटना हुने बुटवलमा ट्राफिक डमीले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेले बताए ।


उनले रातको समयमा ट्राफिकहरु सडकमा नहुदा मापसे गरी गाडी चलाउनेदेखि तीब्र गतीमा गाडी चलाउनेहरुलाई समेत डमीको सहायताबाट कन्ट्रोल गर्न सकिने बताए ।यसअघि ट्राफिक कार्यालयले भैरहवाको बुद्दचोक, देवकोटा चोक लगायतका सवारी भिड हुने ठाउँमा डमी राखीएको छ, जस्ले दुर्घटनामा न्यूनीकरण हुनुको साथै सडकमा अनुशासन समेत कायम भएको देखिन्छ ।यसरी राखिएको डमीमा विभिन्न सचेतनामुलक सन्देश प्रवाह समेत गरिन्छ भने ट्राफिक नियमहरुमा सडक प्रयोगकर्ताहरुलाई सचेतना समेत दिनेछ । डमी प्रहरीले सडक शिक्षा कार्यक्रमलाई समेत थप प्रभावकारी बनाउने प्रदेश ट्राफिक प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्