लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बहुमत अल्पमतको मतलब नै हुँदैन-उद्योग वाणिज्य महासंघका नयाँ अध्यक्ष गोल्छा

tillotmacitynews - 2020 Nov 29 08:14 PM
IMG

१४ मंसिर, काठमाडौं । गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । वर्तमान अध्यक्ष भवानी राणाले आइतबार साँझ गोल्छा नेतृत्वको समितिलाई कार्यभार सुम्पिएकी हुन् ।गोल्छा साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले उनी महासंघको नेतृत्वमा पुगेका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्र ढकाल भने भावी अध्यक्ष हुन् ।


उद्योगी व्यवसायीहरुको छाता संगठनको नेतृत्व गर्न पुगेका शेखर नेपालका पायोनियर उद्योगपति रामलाल गोल्छाका नाति हुन् ।विराटनगरलाई कर्मथलो बनाएका उनले नेपालमा पहिलो पटक जुट लगायत उद्योगहरु खोलेको गोल्छा समूह स्थापनाकालदेखि नै महासंघमा आवद्धता रह्यो । तर नेतृत्व लिन भने ५४ वर्ष कुर्नुपर्‍यो । शेखरका बुबा हुलाशचंद गोल्छाले महासंघको अध्यक्ष हुने इच्छा देखाउँदा सहमति जुटेन । उनका ठूलाबुबा हंशराजका छोरा दिवाकर गोल्छाले महासंघको अध्यक्ष हुन इच्छा राखेका थिए । चण्डिराज ढकाल अध्यक्ष हुँदा उनी प्रथम उपाध्यक्ष थिए, तर उनले नेतृत्व पाएनन् । २७ वर्ष अघि बुबाको र एक दशक अघि दाजुको इच्छा अहिले शेखर गोल्छाले पूरा गरेका छन् ।सरल स्वभावका उद्योगीको परिचित शेखरको अटोमोवाइल्स, इलेक्ट्रोनिक्स, हस्पिटालिटी, बैंक तथा वित्तीय लगायतका क्षेत्रमा लगानी छ । यसपटकको निर्वाचनबाट फरक प्यानलको नेतृत्व गरेका ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकाले महासंघको नयाँ कार्यसमितिमा काम गर्ने सहज वातावरण नबन्ला कि भन्ने चासो पनि छ । प्रस्तुत छ, उद्योग वाणिज्य महासंघको आगामी कार्यदिशा लगायतका विषयमा अध्यक्ष गोल्छासँग गरिएको कुराकानीको सम्पादित अंश :


महासंघको १९औं अध्यक्ष बन्नुभएको छ । तपाईंको नेतृत्वमा महासंघले गर्ने कामहरु के–के हुन् ?

महासंघको ५४औं साधारण सभा राम्रोसँग सम्पन्न भयो । मुख्य कुरा भनेको हामी उद्योगी–व्यवसायीहरु एक भएको सन्देश जानु पर्छ । एक नहुने हो भने निजी क्षेत्रलाई कसैले गम्भिरतापूर्वक लिँदैन । तसर्थ, महासंघलाई एक बनाउने, एक छौं भन्ने सन्देश दिने पहिलो प्रयास रहनेछ ।

चुनावमा जे भयो, त्यो अब सकियो । अब सबैले कुनै व्यक्ति वा समूहको नभई समग्र निजी क्षेत्रको नेतृत्व गर्ने हो । मेरो ध्यान यसैमा केन्द्रित हुनेछ ।चुनाव अघि तपाईंहरु दुई समूहमा विभाजित हुनुभयो । वरिष्ठ उपाध्यक्षमा तपाईंले समर्थन गरेको भन्दा फरक प्यानलबाट निर्वाचित हुनुभएको छ । यसले तपाईंलाई काम गर्न कत्तिको सहज होला ?असहज भन्ने कुरै हुँदैन, हामी मिलेरै काम गछौँ । हामी सबैको उद्देश्य एउटै हो । चुनावमा यता र उताको भनेर बस्ने कुरा आउँदैन । निजी क्षेत्रका मुद्दाहरुमा सबैलाई समेटेर अघि बढ्छौं ।तर तपाईंले १० वर्षे र चन्द्र ढकालले २५ वर्षे छुट्टै कार्ययोजना बनाउनु भएको छ । अब महासंघले कुन कार्ययोजना अनुसार काम गर्छ त ?मैले १० वर्षे कार्ययोजना बनाएको छु । अब त्यो कार्यसमितिमा जान्छ । कार्यसमितिले पारित गरेपछि त्यो नेपाल उद्योग वाणिज्य महासंघ, समग्र निजी क्षेत्र र चन्द्रजीको पनि कार्ययोजना बन्छ । हामी सबैले सबैको साझा कार्ययोजना अनुसार काम गर्छौँ ।


तपाईंले भनेको जस्तो सहज छ र । दुई समूहबाट चुनाव जितेर आएकाहरुको बहुमत अल्पमतको हिसाब होला नि ?

जसको तर्फबाट जसले जिते पनि सबै नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिको मान्छे हो । सबैले निजी क्षेत्र र अर्थतन्त्रको हितमा काम गर्ने हो । त्यसकारण, मलाई बहुमत, अल्पतको मतलब नै छैन । मिलेर काम गर्ने ठाउँमा बहुमत, अल्पतको कुरै हुँदैन ।महासंघमा कुनै राजनीतिक हुँदैन । केवल मुलुकको आर्थिक पुनरुत्थानको विषयमा मन्थन हुन्छ । हामी समग्र निजी क्षेत्रको साझा एजेण्डाहरु बनाएर अघि बढ्छौँ । सबै त्यसमा लागेपछि यो पक्ष वा त्यो पक्ष भन्ने कुरै रहँदैन ।


कोभिड १९ संकटको बेला निजी क्षेत्रको नेतृत्व लिनु भएको छ । मुलुकको अर्थतन्त्र पुनरुत्थानका लागि अब निजी क्षेत्रको भूमिका कस्तो हुन्छ ?

मेरो मुख्य प्राथमिकता नै अर्थतन्त्रलाई कोभिडको थप क्षतिबाट जोगाउनेमा हुनेछ । अब कसरी हुन्छ अर्थतन्त्रलाई उकास्ने हो । यसका लागि महासंघले सरकारसँग सहकार्य गर्छ । यस विषयमा मैले कार्ययोजना नै बनाएको छु । त्यसलाई अबको कार्यसमिति बैठकमा राख्छु । कार्यसमितिको रायसुझावमा त्यो अगाडि बढ्छ । यो पनि महासंघको उच्च प्राथमिकताकै विषय हो ।

कमेन्ट गर्नुहोस्