लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालको मदिरा खेत खोला र खाल्डोमा, विदेशबाट ३ अर्बको मदिरा आयो

IMG

मङ्सिर ११,२०७७ तिलोत्तमा। नेपालमा उत्पादित मदिरा प्रसासनले पक्राउ गरि खेत जंगल र खाल्डोमा फालेको त तपाइले देख्नुभएकै छ।  तर ति निमुखा पेशा गरेर रक्सि या छ्यांग अनि जाड बनाएर जिबिको पार्जन गर्नेको दु:ख भित्र बिदेशी मदिराले लात मारेको छ।  तर तपाइलाइ अचम्म लाग्न सक्छ गत आर्थिक वर्ष झण्डै साढे तीन अर्ब रुपैयाँ बराबरको मदिरा आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ ।नेपाली मदिराको पनि देश बिदेशमा माग नभएको होइन यहा उत्पादन हुने बियर, लोकल रक्सी, छ्यांग , तुम्बा,जाड , कोदो, चामल, लगायतका अन्न बाट बनेका मदिराहरु देश बिदेशमा निर्यात हुन त परे जावोस यहि बजारमा समेत बेच्न पाइएको छैन। स्मरण रहोस कोरियामा आफ्नै देशमा उत्पादित मदिराको लेभल छुट्याएर राजा देखि रैती सम्म उही मदिरा पिउछन।  


सरकारले गत चैत २४ गते राजपत्रमा भएको व्यवस्था संशोधन गरेर विदेशी तयारी मदिरा आयातमा रोक लगायो। तर विदेशी मुद्राको सञ्चितमा चाप परेको भन्दै प्रतिबन्ध गरिएको विदेशी मदिरा आयात यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले फेरि फुकुवा गर्यो । राजपत्रमा भएको व्यवस्था संशोधन गरेर मदिरा आयात खुलाउने निर्णय भएको हो ।  मदिरा प्रतिबन्ध फुकुवा भएपछि आयातका लागि विदेशी मुद्रा सटहीको सुविधा पनि नेपाल राष्ट्र बैङ्कले दिन थालेको छ भने विदेशी तयारी मदिरा आयात धमाधम भइरहेको छ  । मदिराका लागि चाहिने कच्चा पदार्थ भने आयात भइरहेकै थियो । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले आयात प्रतिबन्ध फुकुवा भएपछि तयारी मदिरा विभिन्न देशबाट आयात भएको बताए । 


मदिरा आयात फुकुवा भएको एक महिनामा बेलायत, स्विजरल्यान्ड, आइसल्यान्ड, आयरल्यान्ड, अस्ट्रेलिया आदि मुलुकबाट तयारी मदिरा भित्रिएका छन् ।विदेशी मदिरा कारोबार गर्दै आएका व्यवसायीका अनुसार नेपालमा एक बोतलको ६ लाख रुपैयाँसम्म पर्ने मदिरा छन् ।

 सरकारले विदेशी महँगा मदिरा आयातमा रोक लगाएपछि करोडौँ रुपैयाँ जोगिएको थियो  । यसले वैदेशिक व्यापार घाटा केही हदसम्म कम गर्न सहयोग पनि मिलेको थियो । तर सरकारको निर्णयसँगै स्वदेशी मदिरा उत्पादकहरु बेखुसी बनेका छन् । अझै केही वर्ष विदेशी मदिरा आयात प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको तर्क छ ।विशषगरी सहर बजारमा सभा, सम्मेलन, चाडवाडको चहलपहल हुँदा मदिराको खपत ज्यादा हुन्छ । विशेषगरी दसैँ र तिहारजस्ता चाडबाडमा मदिराको खपत ज्यादा हुन्छ । 


कुन देशबाट कति भित्रिए मदिरा ? 

चालू आर्थिक वर्ष (२०७७/०७८) को चौथो महिनामा अस्ट्रेलिया इटली, कोरिया, लुथानिया, बेलायत (यूके), आइसल्यान्ड, भारत लगायत देशबाट तयारी मदिरा भित्रिएका छन् । जसमा अस्ट्रेलिया र इटलीबाट १ हजार ६ सय २२ लिटर वाइन भित्रिएको छ ।वाइनका लागि १० लाख ५१ हजार नेपाली रुपैयाँ बाहिरिएको छ । यस्तै कन्ट्री वियर (छ्याङ) कोरियाबाट ६ हजार रुपैयाँ बराबरको ६ लिटर नेपाल आयात भएको छ । 

यूके, स्विडेन, आयरल्यान्डबाट तयारी ह्विस्की ७५ हजार २ सय ४० लिटर भित्रिएको छ । यसका लागि १५ करोड ४७ लाख ३० हजार रुपैयाँ बाहिरिएको छ । यस्तै रम ११ हजार रुपैयाँ बराबरको ८ लिटर यूकेबाट भित्रिएको छ । भोड्का आइसल्यान्डबाट १३ हजार रुपैयाँको ८ लिटर भित्रिएको छ । यस्तै जिन एन्ड जेनेभा २ लाख १९ हजार रुपैयाँ बराबरको १ सय ६२ लिटर यूकेबाट भित्रिएको छ ।भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने मदिराका लागि चाहिने कच्चा पदार्थ प्रतिबन्ध नभएकाले यसको आयात भने रोकिएको थिएन ।विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल, वाइन, ह्विस्की, माल्ट बियर, गुलियो रक्सी, जिन, भोड्का र  रम विदेशबाट आयात हुन्छ । एक्स्ट्रा न्युटल अल्कोहल  फ्रान्स, पोल्यान्ड र भारतबाट  १२ लाख १५ हजार लिटर आयात भएको छ । यसका लागि १७ करोड ४४ लाख ३ हजार रुपैयाँ बाहिरिएको छ । 


यस्तै माल्ट बियर लिथुनियाबाट ४५ हजार बराबरको ४० हजार लिटर भित्रिएको छ । अन्य १३ करोड ५५ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्ष झण्डै साढे तीन अर्ब रुपैयाँ बराबरको मदिरा आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ ।पछिल्लो समय स्वदेशमै राम्रा र गुणस्तरीय मदिरा उत्पादन भए पनि विदेशी मदिराको पारखी घट्न नसकेको विभागको तथ्याङ्कले देखाउँछ ।यद्यपि मदिरा स्वास्थ्यका लागि भने निकै हानिकारक मानिन्छ । 

कमेन्ट गर्नुहोस्