लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुग्याे

IMG

बुटवल, मंसिर ६  ।रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्