लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खेम सेन्चुरी र कमला पोखरेलको दुखान्त आयो ‘बाटो विरिन्छ’

IMG

   पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच पछिल्लो समयका अत्यन्तै चर्चित लोकप्रिय सर्जक एवम् गायक खेम सेन्चुरीको आवाजमा रहेको नयाँ “बाटो विरिन्छ” गीत भखर्रै सार्वजनिक भएको छ । पछिल्लो समयकि लोकप्रिय गायिका कमला पोखरेल र खेम सेन्चुरीको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक नेत्र अर्यालको लय / शब्द सृर्जना रहेको छ ।


प्रदेशीनु पर्ने बाध्यतालाई गितमा दर्शाईएको छ |पछिल्लो समय निर्देशन विधामा आफुलाई अब्बल सावित गरेको निर्देशक एवम् मोडेल विनोद भण्डारिको उत्कृष्ट कथा एवम् निर्देशनमा तयार पारिएको गीतको भिडियोमा जुना गुरुङ र विनोद भण्डारिको मनछुने अभिनय रहेको छ । करन चौसिरले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका छन् ।यस अघि नै जुना र विनोदको जोडिलाई कपालु कोरेर गितदेखि दर्शक स्रोताहरुले अत्यन्तै मन पराएका र उनिहरुको नयाँ म्युजिक भिडियोको प्रतिक्षामा धेरै जना रहनु भएको थियो ।हेरौं गितको पुरा म्युजिक भिडियो :

कमेन्ट गर्नुहोस्