लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मंगलापुर कान्छीबजार सडक बन्ने निश्चित

IMG

तिलोत्तमा मङ्सिर ५,२०७७।  रुपन्देहीको तिलोत्तमा नगरापालिका मंगलापुरदेखि पुर्व जाने सडक एनयुजीआईपी अन्तर्गत निर्माण हुने भएको छ। मङ्गलापुर चोक देखि ९ कि .मी  पुर्व कान्छी बजार सम्म फराकिलो बन्ने सो सडकखण्ड मन्त्री परिषदबाट स्विकृत हुदै मंसिर ३ गते  अर्थमन्त्रालय र वर्ल्ड बैंक बिच निर्माण सम्झौता सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो। सम्झौताका सबै काम पुरा भएकोले अब ठेक्काको काम अघि बढ्ने र छोटो समयमै सो सडक बन्ने नगरप्रमुखको भनाइ रहेको छ।

 

त्यसो त उता तिलोत्तमा-१२ जनता माबि देखि पश्चिम तिलोत्तमा-१० कान्छीबजारसम्म ४३ फुट बाटोमा कालोपत्र लगाउन तयारी भैसकेको छ।  रुपन्देही क्षेत्र न १ मार्फत तिलोत्तमा नगरका ९ वटा वार्डहरु समेटेर तिलोत्तम ११ गणेशनगर देखि बसन्तपुर हुदै भारतीय बोडर सुनौलीसम्मको २५ किमि डबललेनको दुरगामी सडक बन्दैछ। सडक निर्माणकार्यको सुभारम्भ गर्दै क्षेत्र नम्बर १ का संसद छबिलाल बिश्वकर्माले बिकाश निर्माण को कार्यलाई गाउ गाउ सम्म जोड्ने अभियानको शुरुवात भएको बताउनुभएको छ।  सो सुभारम्भ कार्यक्रममा संसद गोपाल भट्टराई , सडक डिभिजन रुपन्देहिका जयलाल मरासिनी , नेकपा नेता यज्ञ गैरे , तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधब प्रसाद शर्मा , नगर प्रबक्ता सुरेन्द्र श्री , वार्ड अध्यक्ष मुक्ति चौधरी , राधा शाही लगायतको उपस्थिति रहेको थियो।  सो सडक संग जोडिने गरि मंगलापुर कान्छीबजार सडक खण्ड बन्ने भएपछी स्थानिय समेत खुसि भएका छन्।  


कमेन्ट गर्नुहोस्