
बुटवल,२९ कार्तिक ।बुटवलका २५ सहित रुपन्देहीमा शनिबार थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा जिल्लामा ४८ पुरुष र २२ महिला गरी ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ३ सय २४ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका २५ जना,सिद्धार्थनगर नगरपालिकाका १७ जना,तिलोत्तमा नगरपालिकाका १५ जना,सैनामैना नगरपालिकाका ४ जना, सुद्धाोधन गाउपालिकाका ३ जना, देवदह नगरपालिका र मायादेवी गाउपालिकाका २÷२ जना तथा ओमसतिया गाउपालिका र कञ्चन गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा रुपन्देहीका थप ७५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।जिल्लामा हालसम्म ५ हजार ९ सय २ जना कोरोना संक्रमित निको भएका छन् भने ८७ जनाको मृत्यु भएको छ ।हाल रुपन्देही जिल्लामा १ हजार ३ सय ३५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
कमेन्ट गर्नुहोस्