
तिलोत्तमा कार्तिक २७। तिलोत्तमा नगरपालिकाले नयाँ निर्माण गरिएको प्रशासनिक भवन कुञ्जलापुरबाट सेवा प्रवाह सुरु गरेको छ । नगरपालिकाले दिने सेवा प्रबाहलाइ नक्सा शाखाको काम अलिक अगाडी बाट भएपनि अन्य शाखाको काम पुरानै भवनबाट भैरहेको थियो तर मंगलबारबाट सबै शाखा सरेपछि अहिले सबै सेवा प्रबाह नयाँ भवनबाट सुचारु गरिएको हो । नया भवन निर्माण सकिएसंगै तत्काल सेवा सुरु गरिएपनि भवनको औपचारिक उदघाटन भने कोरोना महामारीको त्रास हटेपछि मात्र गरिने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारि दिए।
उनले हाल चारतले बनेको आधुनिक भवनमा लिफ्टको काम मात्र बाकि छ। आधुनिक शैलीमा निर्माण गरिएको भवन बालबालिकामैत्री, अपाङ्ग मैत्री, बृद्दबृद्धामैत्री रहेको र सेवाग्राहीलाई सेवा लिन सहज हुने उनको भनाइ छ। नगरपालिकाको बिभिन्न बिषयगत शाखाका सेवाहरु एकै भवनबाट प्रवाह हुनेछ । भवनमा लिफ्टको व्यवस्था, सभाकक्ष, बैठक कक्ष, न्यायसम्पादन कक्ष लगायत पर्याप्त सुबिधा रहनेछ । नगरपालिकाले शुरुमा व्यक्तिगत भवनबाट आफ्नो यात्रा शुरु गरेसंगै पछिल्लो समय सानाकिसान कृषि सहकारी सस्था मणिग्रामको भवन कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो ।
नगरपालिकाले ५ करोड बढी लगानीमा ४ तलाको आफ्नो भवन निर्माण गरेको हो । करिव ३० कोठा रहेको भवनमा महिला बालबालिका तथा अपाङ्ग मैत्री बनाउँदै लिफ्ट सिस्टम जडान समेत गरिने नगरपालिकाले जनाएको छ । कार्यालय परिसरमा गार्डेनिङ तथा अन्य व्यवस्थापनका कामहरु अझै बाँकी रहेको छ । स्थानीय सरकार गठन भएको ३ वर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा सुभारम्भ गरेको हो ।
करिब ८ करोड लगानीमा सिनर्जि विल्डर्सले भवन बनाएको हो । गत असार मसान्तभित्र सक्नु पर्ने काम विश्वव्यापी कोरोना महामारीका कारण ढिला भएको नगरपालिकाले बताएको छ । नगरपालिकाको काम काज नयाँ कार्यालय भवनबाट सुरु गरिएको भएपनि निर्माण कम्पनीले भने औपचारीक रुपमा भवन हस्तान्तरण नगरेको नगरपालिकाले जानकारी गराएको छ । करिव २ कट्ठा क्षेत्रफलमा नगरपालिकाको कार्यालय बनेको छ भने बाँकी रहेका ६ विगाहलाईसमेत समेटेर तारबार गर्ने कायम गर्न लागिएको नगरपालिकाका इन्जिनियर गिरीराज डुम्रेले बताए । ६ विगाह मध्य ३ विगाहमा नगरपालिकाका लागि तत्काल आवश्यक संरचनाहरु निर्माण गरिने छन् भने बाँकी ३ विगाहमा धान खेती गरिएको छ ।
कमेन्ट गर्नुहोस्