लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दर्ताविनै सञ्चालित क्रसर उद्योग तत्काल बन्द गराउन गृहको निर्देशन

tillotmacitynews - 2020 Nov 10 08:28 PM
IMG

२५ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ ।गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बैठकले निर्णय गरेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न निर्देशन दिइएको हो ।मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत र नापी कार्यालयका प्रमुखसहित इञ्जिनियर सम्मेलित टोलीबाट तत्काल अनुगमन गर्न पनि भनेको छ ।


अनुगमनबाट क्रसर मापदण्ड अनुसार भए/नभएको, तोकिएको जग्गामा सञ्चालन भए/नभएको, दर्ताका भएका वेला तोकिएका अन्य शर्त पालना गरिए/नगरिएको लगायतका विवरण संकलन गरी ७ दिनभित्र रिपोर्ट पेश गर्न पनि गृहले भनेको छ । राष्ट्रिय गौरवका आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि क्रसर सञ्चालन गरिएको भए त्यसको समेत विवरण पठाउन भनिएको छ ।

कमेन्ट गर्नुहोस्