
तिलोत्तमा कार्तिक २४। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चिटिक्क सडक, सडक बत्ति र फुलबारी र अन्य सबै कुराले पोख्त देखिन्छ तथापि नगरभित्रका केहि स्थानमा भने सडक राम्रो नभएर गुनासाहरु आइरहेका छन्। तिलोत्तमाको योगिकुटि देखि तपाहा हुदै सारदा स्कुल जाने बाटो होस् या पश्चिमतर्फ़ जाने शान्तिचोक हुदै मगरघाट अनि डेरी साइड होस्। त्यति मात्र नभई शंकर नगर चोक देखि पुर्व बनबाटिका जाने बाटो निर्माण समेत ढिलाई भएर हो या के हो बाटो धुलाम्य छ। अझ ड्राइभर टोल देखि पुरानो सडक बाटो समेत निर्माण हुने तरखरमा छ।
निर्माण कै क्रममा नयामिल पुर्व जाने बाटो पनि प्यारामाऊण्ट चोकसम्म पनि सडक बनिरहेकै छ। मणिग्राम देखि पुर्व पश्चिम जाने बाटो लगभग सकिएको छ। त्यस्तै मंगलापुर देखि पुर्व जाने बाटोको बिजोक छ। स्थानियहरु सो बाटोको बारेमा धेरै पटक वार्ड कार्यालय धाएका पनि छन्। तर बाटो निर्माण हुने क्रममा भए पनि किन ढिलाई भैरहेको छ कसैले बुझेका छैनन्। मंगलापुर देखि कान्छीबजार जाने बाटो दिनभर धुलाम्य हुन्छ,जसले गर्दा स्थानीयले दिनभर पानी छिट्दै बसिरहेको देख्न पाइन्छ। सडक नया निर्माण हुने क्रमममा तिलोत्तमा नगरपालिकाको धेरै जसो वार्डको भित्रि सडकहरु निर्माण सम्पन्न हुन बाकि नै छन्। कहिले धान रोप्ने त कहिले ढुंगा राखेर तेर्स्याउनेहरुलाई पनि कहिले काही काम पुगेको देखिन्छ। हुनत देश अहिले कोरोना महामारीको कहरमा छ। धेरै बिकाश निर्माणका कामहरु यसैका कारण ओझेल मा पर्ने र निर्माण ढिलाई भएको देखिन्छ तर अन्य निर्माण कार्य गरिरहदा भने यस्तो जनतालाई प्रत्यक्ष असर गर्ने खालका निर्माण कार्यहरुलाई अझै प्राथमिकता दिनु जरुरि छ। स्थानियहरुले सो बाटोहरुको तस्बीर सामाजिक संजालमा राखेर स्थानिय जनप्रतिनिधिहरुको ध्यानाकर्षण गरिरहेका छन् यस प्रति सम्बन्धित निकायको ध्यान जान भने जरुरि देखिन्छ।
कमेन्ट गर्नुहोस्