
तिलोत्तमा ,कार्तिक २४- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यसबर्षकाे देउसी भैलो कार्यक्रममा प्रतिबन्ध लगाएको छ । नगर क्षेत्रभित्र समुदायस्तरमा तिव्र गतिमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई रोकथाम, नियन्त्रण तथा न्यूनिकरणका लागि भन्दै यस वर्ष तिहारमा खेलिने देउसी भैलो रोकेको हाे ।कात्तिक १९ गते बसेको नगरको सचिवालयको बैठकले यस वर्षको देउसी भैलो रोक्ने निर्णय गरेको नगरपालिका प्रमुख प्रशाासकीय अधिकृत माधव प्रसाद शर्माले आइतबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।नगरपालिकाले यस वर्ष नगरक्षेत्र भित्र दिउसी भैलो कार्यक्रम नगर्न-नगराउन सबै नगरबासीमा अपील समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्