लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सटर भाडा टेण्डरका बिषयमा झडप

tillotmacitynews - 2020 Nov 09 05:07 PM
IMG

बुटवल । बुटवल उप महानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ सटरको नयाँ टेण्डर खोल्ने क्रममा झडप भएको छ ।

१७ वर्ष पहिले शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उप महानगरको नयाँ टेण्डर खोल्ने क्रममा अवरोध गर्न खोजेपछि झडप भएको हो ।उप महानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टि ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उप नगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष पहिले म्याद समाप्त भएकोमा ब्यवसायीको माग अनुसार २ वर्ष म्याद थपिएको थियो ।


यहि कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेकोमा आज टेण्डर खोल्ने कार्यक्रम रहेको थियो ।१२ बजे सम्मको समय निर्धारण गरेरपनि त्यसपछि पनि टेण्डर दर्ता गरिएको भन्दै ब्यवसायीहरू उपमहानगर घेराउ गर्न पुगेका थिए । उनीहरूले घेराउका क्रममा उपमहानगरको कार्यालय परिसरमा प्रवेश गर्न खोजेपछि पटक पटक झडप भएको थियो । ब्यवसायीले उपमहानगरले चलखेल गरेर आफुहरूलाई हटाउन खोजेको आरोप लगाएका छन् भने उपमहानगरले १२ बजे पछि दर्ता नगरिएको बताएको छ ।

कमेन्ट गर्नुहोस्