लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टिपर खस्दा दुई मजदुरको मृत्यु

IMG

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ।विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो।भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी बिशाल तामाङले बताए। रासस

कमेन्ट गर्नुहोस्