लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिचार र हठ भित्रको अड्कलाइजेशन :सम्पादकीय

IMG

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा यस्तो ढिलमिल भै नै रहन्छ यो नौलो कुरो होइन। ल फुट्यो फुट्यो भनेर अड्कलाइजेसन गरेको करिव डेढ महीनापछि त्यो साम्य भएको शक्ति संघर्ष पुनः शुरू भएको छ। विभाजनको संघारमा पुगेर जोगिएको नेकपामा त्यति बेला कसले कति के-के योगदान गरेर पार्टीलाई खुकुरीको धारमा अड्याए त्यो आफै जानुन। तर यसपालि फेरि विभाजनकै अवस्था आएको जानकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेताहरूलाई गराएका छन्।महासचिव बिष्णु प्रसाद पौडेलले समेत सामाजिक संजालमा ट्विट्न भ्याए। उता पिएमको हठ भनौ या कर्णालीको पिडाभित्र प्रचण्डको छाता ओढाई भनौ यसले बिचारभन्दा पनि हठले पार्टीको गुनगुन बढ्ता भैरहेको देखिन्छ।  


अहिले पनि ति अड्कलाइजेशकहरु अन्दाजिफिकेशन गरिरहेका छन् बिहानी, बेलुका देखि रातीसम्म नसुती नसुती। नगरुन पनि कसरि खुमलटारस्थित आफ्नै निवासमा केन्द्रीय सचिवालयका सदस्यहरूलाई बोलाएर पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले 'आफूसँग सँगै बस्न नसकिने भए अलग होऔं' भन्ने प्रस्ताव गरेको बताए। यही कुराले पार्टीभित्रको साघुरिता छताछुल्ल पनि भयो, तर त्यसको गाम्भीर्यता बुझ्दा कर्णालीको पिडा अझै छताछुल्ल हुन्छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद बिस्तार रोक्नुले पनि केन्द्रमा नया तरंग आयो। तर निवास र गोप्यबार्ताले "त पनि राम्रो, म पनि राम्रो, त्यो नराम्रो" मात्र हुन्छ यी अहिलेका सबै विषयबारे छलफल गर्न तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डले आग्रह समेत गरेका छन्। एकाएक रअ को प्रमुख गोयल आएर भत्काइदिएको भनेर अड्कलाइजेशन पनि नेपालका संग्राहलय विश्लेषकहरुले गरेका छन्।  त्यो बारेमा तथ्य साबित हुन सेना प्रमुख नरभाणेको नेपाल भ्रमणको बास्तबिकता अगाडी आउन केहि दिन कुर्नेपर्छ।  


त्यसो त बिष्णु पौडेलले ट्विट्दा उता प्रबक्ता समेत रहेका नारायणकाजी  श्रेष्ठले "ख्यालख्यालमा पार्टी एकता भएको होइन, यो ख्यालख्यालमै फुट्न सक्दैन","पार्टी एकतालाई हर हालतमा जोगाउन तत्काल बैठक आह्वान गर्नुपर्छ, पार्टीका बैठकबाटै यो समस्या समाधान गर्नुपर्छ भनिरहेका छन्।  ३ मन्त्रीको हेरफेरले यो मुद्दा झन् बल्झिएको अड्कलाइजेशन गर्नेहरु पनि छन्।  त्यसो त दुइ दुना चार तत्कालिन माओबादी नेतालाई पिएम ओलीले रुचाएका पनि छन्। यो बिचमा आएर अहिले यो स्थिति आउला भनेर केन्द्र र स्थानिय नेता कार्यकर्ताले सोच्न नि भएका थिएनन्। यता पिएमको हठले काम नगरेको हो कि दाहालको लाचिलोपनाले भन्ने मिठ्ठो अड्कलाइजेशन भने केहि ठाउबाट आएको पनि छ तर बिचारले होइन यो जुङ्गाको लडाइ हो भन्ने कुरा भने ठेट आउन जरुरि छ। दुई पार्टी एकिकरण भएर एउटै पार्टी बनेपछि पनि पूर्व एमाले र पूर्वमाओबादीबाट मैले भनेकै व्यक्ति मन्त्री हुनुपर्छ भन्दा समस्या भएको हो भन्न ढुक्क सकिन्छ।  त्यसो त मन्त्री नियुक्त गर्नेबारे पार्टीमा एउटा मापदण्ड बनाउने, त्यसअनुसार बैठकले दिएको म्यान्डेड अनुसार प्रधानमन्त्रीले निर्णय गर्ने वातावरण बनाइएको भए यस्तो अवस्था हुँदैन्थ्यो कि!!

कमेन्ट गर्नुहोस्