
तिलोत्तमा,२०७७ कार्तिक १६।अघिल्लो बर्ष तिलोत्तमा-२ की एक बृद्दाको घाटी च्यातेरै १ तोलाको सिक्री लगे। विभिन्न बहानामा मर्निङ्ग वाल्क र इभिनिंग वाल्क हिडेकाहरुलाई निशाना बनाइराखेका त्यस्ता चोरहरुको शिकार बनिन केहि दिन अघि मात्र शंकरनगरकी ९० बर्षिया एक महिला। दिउसै ४ बजे तिर यो बाटो कहा जान्छ आमा भन्दै सोध्ने त्यहि डाकाहरुले कालो पल्सरमा २ जना आएर ९० बर्षिया महिलालाई घरकै अगाडीबाट ढाई तोलाको सिक्री तानेर लगे। बृद्दा आफ्नै सुसार गर्न नसक्नेलाई लडाएर चोरी गर्ने ति २ युवाहरु सिधा बनबाटिकाको बाटोतिर बाईकमा भागेको स्थानीय पृथ्वीध्वज खाडले बताउछन। ति बृद्दाको हातमा घाटीमा चोट समेत लागेको खाड बताउछन। अझ त्यो भन्दा ठुलो चोट मानसिकतामा परेको चोट हो।
यी र यस्ता घट्ना प्रत्येक बर्ष चाडवाडको बेलामा घटिनै रहेको देखिन्छ । तर यस बारेमा प्रसासन सधै मौन देखिन्छ। न कुनै चोर फेला परेको छ न त यो घटना रोक्न कुनै चासो नै देखिएको छ। यस बारेमा स्थानियले प्रहरी समक्ष हार गुहार गरेपनि खासै चासो नदेखाएको र उल्टै बहुमुल्य गरगहना लगाएर त्यसरी नहिड्न आग्रह मात्र गरेका छन्। तर अहिलेसम्म त्यस्ता दिउसै लुटपाट मच्चाउने ब्यक्ति पक्राउ परेको छैन। स्थानिय युवा पृथ्वीध्वज खाडले भन्छन त्यस्ता चोर लुटेराहरु पूर्व तयारिका साथ आउने गर्छन् र घट्ना घटाएर तुरुन्तै फरार हुन्छन्। हामी अक्क न बक्क भइन्छ। उनि थप्छन -"यस्ता घट्ना रोक्न नगरपालीका, प्रहरि प्रशासन, विभिन्न संघसंस्था र स्थानियहरु मिलेर कसरि रोकथाम गर्न सकिएला हामिले सोच्ने र केहि गर्ने बेला आएको छ । हामी तिलोत्तमा नगरबासी कति असुरक्षित छौ भन्ने यहिबाट थाहा हुन्छ। " अब लुटपाट गर्नेहरुको निराकरण र कडा कारबाहीका लागि सबैले मिलेर बिसेशत: महिला र बृद्दबृद्दाहरुको ज्यानको सुरक्षा बढाउनुपर्ने देखिएको उनको भनाइ छ। त्यसो त तिलोत्तमा नगरभित्रका विभिन्न खाले घट्नाहरुलाई विभिन्न बहानामा लुकाउने छिपाउने र सडकमा भएका घटनालाइ पनि जिम्मेबार तरिकाले प्रसासनले नहेरेको स्थानीयको गुनासो छ। सडक दुर्घटनामा भाचिएका रेलिङ्ग र पिल्लर समेत अघिल्लो बर्षका ज्यु का त्यू भएकोले घटना घटाउने कसैलाई कारबाही नभएको हो कि भन्ने भान परेको स्थानियको गुनासो समेत रहेको छ।
कमेन्ट गर्नुहोस्