
रासस १५ कात्तिक, तिलोत्तमा । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् ।तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो । तर यसवर्ष १५ लाख मात्र मालाको माग रहेको र यो नेपाली उत्पादनले धान्ने फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउँछन् ।यस वर्ष समय समयमा पानी परिरहेकाले रुपन्देही सहित काठमान्डौ र तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्ने देखिन्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउँछन् ।
कारोवारमा कमी
यस वर्ष फूलको कारोवारमा कमी आउने देखिन्छ । कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोवार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो । अघिल्ला वर्षमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ । अघिल्लो बर्ष नै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मात्र फुल उत्पादन यहा मनग्य पुग्ने गरि उत्पादन भएको थियो। यस बर्ष पनि फुल उत्पादन राम्रो रहेको एक फुल ब्यबसायी गुप्ता नर्सरीका शम्भु कुमार गुप्ता बताउछन। तिहारका लागि माला र फुल उपयोगमा तिलोत्तमा मा पुग्ने फुल रहेको र केहि अन्य ठाउ बात आयात हुने उनको भनाइ छ तर यस बर्ष पनि भारतबाट फुल ल्याउन नपर्नेमा उनको दाबि छ।
कमेन्ट गर्नुहोस्