
तिलोत्तमा कार्तिक १४ , २०७७। बुटवल ब्लड बैंकमा नियमित रक्तदान कार्यक्रम नहुँदा रगतकाे माैज्दात कम भएकाे कुरालाई आधार मान्दै नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही र स्टार्ट एट्टिन स्टार्ट्स टिम को संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम शनिबार हुने भएको छ। नवदुर्गाको सप्तमीदेखि दिनहुँ आकस्मिक रक्तदानकार्यक्रम गरेर रगतकाे माग व्यवस्थापन गर्दै आएको सो सस्थाले यो शनिबार ५ जनाको प्लाज्मा डाेनेट सहित रक्तदान गर्नेछ ।
कार्तिक महिनाको तेस्रो शनिबार पारेर सो रक्तदान कार्यक्रम गरिएको सस्थाका सदस्य आकाश पन्थले बताए। बुटवल ब्लड बैंक हस्पिटल लाइनमा यहि कार्तिक १५ गते (भोलि) बिहान ८ बजेदेखि १२बजेसम्म हुने सो कार्यक्रम मा कोभिड १९ जितेका र सामान्य रुपमा रक्तदान गर्न चाहनेलाई सस्थाले खुल्ला निमन्त्रणा समेत गरेको छ। सो समयमा जो कसैले रक्तदान गर्न आउन पाउने सदस्य आकास पन्थले छन्।
कमेन्ट गर्नुहोस्