
१२ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयूमा भर्ना भएकामा उपचारका क्रममा मंगलबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.नारायण पोखरेलले पुष्टि गरे ।भीम अस्पतालमा भेन्टिलेटर जडान भएको तीन महिना पुगिसक्दा पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा बिरामी उपचारबाट बञ्चित भई मृत्युवरण गर्न वाध्य भएको भैरहवाका अगुवाहरु बताउँछन् ।
कमेन्ट गर्नुहोस्