
११ कार्तिक २०७७,बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण थप दुइ जनाको मृत्यु भएको छ ।बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुइ जनाको मृत्यु भएको हो ।लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको हिजो राती ८:१७ बजे र बुटवल १३ का ५२ वर्षीय पुरुषको आज बिहान ६:२ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।
तिलोत्तमाकी महिलाको पिसिआर रिर्पोट हिजो बिहान १० बजे पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी उनको साझ मृत्य भएको गौतमले बताए ।बुटवलका पुरुष भने कार्तिक ७ गते रिर्पोट पोजेटिभ आएपछि त्यहि दिन अस्पताल भर्ना भएका थिए ।
कमेन्ट गर्नुहोस्