
१० कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् ।गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् ।‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।नेपालीहरुको महान चाड बडा दसैंको मुख्य दिन आफूले गाएको गीत सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् !’बुद्धि परियारले संकलन गरेको ‘रेशम फिरिरि…’ पहिलोपटक सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको थियो । यो नेपालको चर्चित लोक गीत हो । सन् १९७० मा सार्वजनिक भएको यो गीत विदेशीहरुमाझ पनि चर्चित छ ।
मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस! चिनियाँ राजदूत होउ नेपालीहरुको मन जित्ने प्रयासमा अनेक क्रियाकलाप गर्दछिन् । कहिले नेपालका ऐतिहासिक पुरातात्विक क्षेत्रमा गएर फोटो सेसन गर्छिन् भने कहिले नेपाली गीतमा, नेपाली पहिरन लगाएर नाच्छिन् ।गत वर्ष फागुनमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नेपाली गीतमा नाचेकी थिइन् ।‘चरी जस्तै उड्न पाए गगनको तलतिर’ बोलको गीतमा उनी साढे तीन मिनेटसम्म नाचेकी थिइन् । ग्रुप डान्समा उनलाई अन्य कलाकारहरुले साथ दिएका थिए ।
कमेन्ट गर्नुहोस्