
कार्तिक ६ , २०७७ तिलोत्तमा। तिलोत्तमा नगरपालिका पछिल्लो समय निकै चर्चामा आएको सर्बप्रिया नगरको रुपमा परिचित छ। हालै मात्र देशमा संघिय सरकारले कोरोना सम्बन्धि केहि निर्णयमा जनताको बिरोध बढे पछि तिलोत्तमा नगरपालिकाले जनताको मन जित्ने काम गरेकोमा वाहवाही पाएको छ। कोरोना बाट होम आइसुलेसनमा मृत्यु हुनेलाइ आफै ब्यबस्थापन गर्न सुझाएको संघिय सरकारको ठ्याक्कै बिपरित तिलोत्तमा नगरपालिकाले शव नगर आफैले ब्यबस्थापन गरिदिने र होम तथा नगरको आइसोलेसनामा बसेकाहरुको सम्पूर्ण स्वास्थ्य मापदण्ड र देश विदेशबाट आएकाहरुलाई समेत राम्रो समन्वय गर्ने निर्णय गरेको छ। कोभिड जोखिमबाट मुक्त गराउन नगरबासी हरुको स्वास्थ्य सुरक्षाका लागि यो सब गरिएको र थप जोखिम हुन नदिन जनताले समेत यस कार्यमा सहयोग गर्नुपर्ने नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभएको छ।
आफुलाई १६ दिन अघि कोरोना पोजिटिभ देखिएपछि पुर्ण रुपमा होम आइसुलेसन बसेको र अन्य रोग जस्तै केहि हुदैन भनेर सामान्य सोच्न नहुने बताउनुभएको छ।यसै सन्दर्भमा नगरप्रमुख घिमिरेले आफु घरमै एकान्तमा सुरक्षित बसेको बताउदै नेपालीहरुको महानचाड दैलोमा आइसकेकाले यस समय पहिलाको चाडबाड जस्तो नभएको र सबैले सजग भै दशैँ मनाउनपर्ने कुरा सुझाउनु भएको छ। टाढाको यात्रा नगर्न , सामाजिक तथा भौतिक दुरीको प्रयोग, मास्क सेनिटाइजरको बिकल्पमा साबुनपानी प्रयोग, सभ्य रुपमा देखासिकी नगरी महामारीको यो समयमा अत्यन्त सजग भै चाड मनाउन शुभकामना दिनुभएको छ।
त्यसो त, कार्यबाहक नगरप्रमुख समेत रहनु भएकी जागेश्वर देवी चौधरीले दैलोमै आएको महानचाडको अवसरमा सबै नगर बासी हरुले घरमै बसेर हर्सोल्लास पूर्ण तरिकाले स्वास्थ्य मापदण्ड अपनाई धेरै भिडभाड नगरी सबैले खुसि साथ् चाड मनाउन आग्रह गर्नुभएको छ । नगरप्रमुखको कोरोना सक्रमण बसाइसंगै कार्यबाहक सम्हाल्नु भएकी कार्यबाहक नगरप्रमुख चौधरीले देश बिदेशमा रहनु भएका तिलोत्तमा नगरबासी हरुले आफ्नो स्वास्थ्यका बिषयमा खेलबाड नगरी सजग रही चाड मनाउन आग्रह गर्नुभएको छ।
कमेन्ट गर्नुहोस्