लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से १६०० विन्दुभन्दा माथि, १ अर्ब ९९ करोडभन्दा बढीको शेयर खरीदविक्री

IMG

२०७७ कार्तिक, ६  तिलोत्तमा। साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको छ ।अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५४ अंक बढेर १६०० भन्दा माथि पुगेको हो ।बिहीवारको कारोबार दिनमा १८७ ओटा कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर ३०हजार ३२८ पटकमा रू. १ अर्ब ९९करोड ४५ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  १८७ ओटा कम्पनीमध्ये ७४ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ ओटा कम्पनीको घटेको  छ । यसैगरी उक्त कारोबार दिनमा २० ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।


पछिल्लो समय बाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न लागेसँगै शेयर बजार बढ्दै गएको छ । केहि दिन बजार करेक्शन भएसँगै लगानीकर्ताहरु पुनः शेयर खरीद गर्न आकर्षित भएको देख्न सकिन्छ । अल्पकालिन लगानीकर्ताले प्रोफिट बुक गरेर पुनः शेयर खरीद गर्न थालेसँगै बजार बढेको हो । नेप्सेले पुनः १६०० को मनोबैज्ञानिक विन्दुमा पार गरेको छ । यति बेला बैंकहरुले ब्याजदर घटाउँदै गएको  र निक्षेपमा पनि ब्याजदर न्यून पाइने भएकाले पनि शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो  ।  बिहीवार सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ । बिहीवारको कारोबारमा उक्त कम्पनीको रू.१४ करोड १५ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर खरीदविक्री धेरै भएको हो । बिहीवार पनि जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ ।


उक्त कम्पनीको शेयर कारोबार शुरु भएकै दिनदेखि शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ ।बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८९ पुगेको छ ।  उक्त कम्पनीको ८१ हजार ६२६ कित्ता शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ३ दशमलव ६१ प्रतिशत घटेको छ ।कारोबारमा आएको १२ ओटा समुहमध्ये होटल समुहको परिसुचक, जलविद्युत् समुह, जीवन बीमा कम्पनीको समुह र म्युचुअल फण्डको परिसूचक घटेको छ भने बाँकी समुहको परिसूचक बढेका छन् । 

कमेन्ट गर्नुहोस्