
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नविनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास समेत व्यक्त गरे । त्यस्तै बीआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पु-याउन सघाउ पुग्ने समेत पूर्वप्रधानमन्त्री भट्टराईले बताए ।बीआरआईका ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटिले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उनले जिकिर गरे । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुनेपनि उनले विश्वास लिए ।कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्त कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले सम्बोधन गर्नुभएको थियो ।
चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।
कमेन्ट गर्नुहोस्