
तिलोत्तमा,२०७७ कार्तिक ४। अहिले देशभर बिरोधको स्वर सुनिन लागेको छ। जनताको स्वास्थ्यमा स्वास्थ्य मन्त्रालय बाटै वास्ता भएन भनेर। सामाजिक संजालमा बेहोस भएपछी जचौना आउने र शव ब्यबस्थापन परिवार आफैले गर्ने कुराको जोडदार मुख बोलाबोल भएको छ। तर त्यस निर्णयलाई चिर्दै तिलोत्तमा नगरपालिकाले सबै ब्यबस्थापन आफुले जिम्मा लिने निर्णय गरेको छ।
२०७६ चैत्र ११ गते देखि देशमा ळकडाउन भएदेखिनै आफ्ना नगराबासिहरुको स्वास्थ्यका मापदण्ड सहित अघि देखिएको नगरपालिकामा छिमेकी देश तथा विदेश बाट आउनेले समेत आहा कस्तो राम्रो भनेर प्रशंशा गरेको नगर प्रबक्ता सुरेन्द्र श्री ले बताउछन। उनले यो सबै नगरबासीको लागि सुरक्षा र स्वस्थताका लागि हामीले गरेको कर्तब्य हो , यसले अझै रचनात्मक कार्य गर्न झन् हौसला थपेको नगर प्रबक्ता श्रीको भनाइ छ।
त्यसो त तिलोत्तमा नगरपालिकाले शुरु देखिने नगरप्रमुख आफै बेलहिया नाकामा गएर आफ्ना मात्र नभई अलापत्र परेका सबै नेपाली नागरिकलाई स्वास्थ मापदण्ड अपनाई क्वारेन्टाइन प्रवेश गराउने, मानसिक स्वत स्फुर्त गराउन सहजीकरण गर्ने , संक्रमितलाई औषधि दिने , घरमै भेट्न जाने,निशुल्क पिसिआर परिक्षण संगै नगरपालिकाको एम्बुलेन्स २४ सै घण्टा उपलब्ध गरेको थियो।
कमेन्ट गर्नुहोस्