लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक संजालको दुरुपयोग नगर्न शर्ट मुभी रिलिज "फेसबुक लभ"

IMG

मोहन न्यौपाने , तिलोत्तमा कार्तिक २   ठूलो चुनौतीको रुपमा विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक जनचेतनाको लागि चौतारी फिल्म्सले शर्ट मुभी "फेसबुक लभ"  रिलिज गरेको छ । विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको यो बेला घरमै बसेर सामाजिक जनचेतना फैलियोस भन्ने उदेश्यका साथ् सो फिल्म सार्बजनिक गरेको निर्देशक शिव सुबेदीले बताएका छन। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन ।  यस्तैसामाजिक संजाल मध्ये धेरै जसो मानिसको अकाउन्ट भएको फेसबुक मार्फत देखिएको समसामयिक घटनालाई टपक्क टिपेर बनाइएको फिल्म "फेसबुक लभ" सार्बजनिक भएको छ। 


फेसबुकबाट पर्ने "फेसबुक लभ" र यसले समाजमा निम्त्याएको नकारात्मक प्रभावलाई सो फिल्म मा देखाइएको छ। सो बिषयमा कलाकार भावना लम्साल, मिलन एस के , अनिता रोकाको अभिनय रहेको छ भने परिकल्पना तथा निर्देशनमा शिव सुबेदी जमेका छन्।  "फेसबुक लभ" नामक शर्ट मुभीलाइ सहायक निर्देशनमा सुरज पन्थ ले समेत सघाएका छन्।  ११ मिनेट ५२ सेकेण्ड छोटो सो फिल्मलाई एस आर मुभिज द्वारा शोभाखर पन्थ ले छायांकन गरेका हुन् भने पंकज राज गैरेले सोहि कार्यमा सहायक छायांकन गरेका छन्।  मोहन पोख्रेल निर्माता रहेको सो फिल्मका निर्माण नियन्त्रक मोहन न्यौपाने हुन् भने फिल्मलाई लुम्बिनी फ्रीडम मिडियाले मार्केटिङ्ग्को जिम्मा लिएको छ।  "फेसबुक लभ" ले परिवारमा कस्तो असर पार्छ कुरालाई नै शर्ट मुभीमा निकै मार्मिक ढंगबाट देखाइएको छ।


पछिल्लो समय सामाजिक संजालले मानिसलाई कहा पुर्याइरहेको छ भन्ने कुरा संगै यसको सदुपयोग र दुरुपयोगको कुरालाई स्पस्ट देखाइएको छ।  "फेसबुक लभ" मा कलाकारहरुको अभिनय र निर्देशकीय क्षमतालाई हेर्दा कथा बस्तु र कलाकारिता पोख्त देखिन्छ।हेरौ शर्ट फिल्म फेसबुक लभ...... 


कमेन्ट गर्नुहोस्