लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बडादशैँ सुरु : आज घटस्थापना

IMG

२०७७ कार्तिक १ तिलोत्तमा। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ ।आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।


आज घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा रहेको पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।यस वर्ष शुभसाइतमा हनुमानढोका दरबारमा रहेको दसैं घरमा घटस्थापना गरिने भएको छ।दसैंमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजाआराधना गरिन्छ। बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमा जौ, धान र मकै छरेर जमरा राख्ने गरिन्छ।

कमेन्ट गर्नुहोस्