लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकाबिहानै तिलोत्तमाका एक जना कोरोना संक्रमितको मृत्यु

IMG

तिलोत्तमा । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा २ का ६७ वर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आईसीयूमा राखेर उपचार भईरहेको थियो ।


४ दिन आईसोलेसनमा बसेको उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्