
असोज २५ गते तिलोत्तमा। कोभिड-१९ का कारण पछिल्लो समय देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिकाले नया सुचना जारी गरेको छ। नगरका नगरप्रमुख बासुदेव घिमिरे र स्वकीय सचिव बिष्णु पौडेललाइ समेत कोरोना पोजिटिभ देखिएको सन्दर्भमा अन्य कनट्याक्ट्मा परेका कर्मचारी तथा जनप्रतिनिधि हरुको स्वावको रिपोर्ट नआइसकेकोले अर्को सुचना जारी नभएसम्मको लागि यहि अशोज २७ गते सम्म नगरपालिका बाट हुने सेवाप्रबाह स्थगित गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्वारा जारी सुचनामा नगरपालिकाले यो विषम परिस्थितिले सामुदायिक स्तरमा कोरोना झनै फैलिरहेकोले कुनै पनि बिद्यालय तथा हाटबाजार समेत नखोल्न आग्रह समेत गरेको छ। चाडबाडको समय भएकाले बढी भिडभाड नगर्न , अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन , निस्कने परेमा अनिबार्य मास्क गुणस्तर सेनिटाइजर ,भौतिक सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सेवा तथा सुरक्षा अपनाउन अनिबार्य गरेको छ।
हाल पठनपाठन संचालन गरेका बिद्यालयले यथाशिघ्र बन्द गरेर भर्चुवल पद्दति अपनाउन र प्रत्यक्ष सहभागिता हटाउन नगरपालिकाले आग्रह गरेको छ। त्यसो त यस अघि हाटबजारको बिषयमा पुनर्विचार गरे भनिएकोमा अर्को सुचना जारी नहुदा सम्म कुनैपनि हाटबजार नखोल्न र हाटबजार जस्तो गरि देखिने र राखिने सडकबजार समेतहटाउन नगरपालिकाले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्