
२३ असोज, तिलोत्तमा। पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६७६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् ।देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १४०९ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १११६, ललितपुरका १६३ र भक्तपुरका १३० जना छन् ।यस्तै मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीा १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११ जना, रौतहट र बर्दियाका ९/९ जना, झापा, तनहुँ र दैलेखका ८/८ जना, सर्लाही र धादिङका ७/७ जना तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।गुल्मी र कालीकोटका ५/५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३/३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २/२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्