
बिश्व भरी कोरोनाको आतंकले गर्दा मानिसहरुको सामान्य जनजीबन एक्कासी असामान्य बन्न पुग्यो। सबै क्षेत्रका मानिशहरु आफ्नो घर भित्र बसन बाध्य भए सगै उनीहरु भित्र भएका खुबीहरु ईन्टरनेट र सामाजिक सन्जालको माध्यमबाट जनता माझ ल्याउने क्रम देखिदै आएकोछ। यस्तै सन्दर्भमा नेपाली सांगीतिक दुनियाका चर्चित गीतकार शिव सुबेदीले छोटो टेलीफिल्म युटुबबाट सार्बजनिक गरेका छन। उक्त सर्ट फिल्मलाई “अधुरो प्रेम ” नाम दिइएको छ। शिव सुबेदी द्वारा लेखिएको तथा निर्देशन गरिएको छोटो फिल्म “अधुरो प्रेम ” मा नेपाली सांगीतिक क्षेत्रमा नव उदयीमान कलाकारहरुले अभिनय गरेका छन। उक्त फिल्म १९ मिनेट र १८सेकेन्ड को रहेको छ।
एकजना पागल प्रेमी युवकले आफ्नो प्रेमिका गुमाउदाको पिडालाइ टपक्क टिपेर“अधुरो प्रेम ”को कथा बस्तु लाई चित्रण गरिएको छ। फिल्ममा कलाकार हरु सुरज पन्थ, भावना लम्साल, बाल कलाकार निलम पुनको मुख्य भुमिका रहेको छ।यस छोटो फिल्म शिव सुबेदीले आफ्नो युटुब च्यानल चौतारी फिल्म्सबाट सार्बजनिक गरेका छन् । भिडियोको छायांकन बुटवल तथा रुपन्देहीका विभिन्न रमणिय ठाउमा तयार गरिएको हो । एस आर मुभिजको दृश्य निर्माण रहेको भिडियोको सम्पादन तथा छायांकन शोभाखर पन्थले गरेका छन् भने “अधुरो प्रेम ”को निर्माण नियन्त्रक मोहन न्यौपाने रहेका छन। मोहन पोख्रेल कार्यकारी निर्माता रहेको छोटो फिल्म “अधुरो प्रेम ” को लुम्बिनी फ्रीडम मिडिया प्रालिले मिडिया संयोजन गरेको छ। दिवा फेशन बुटवलको डिजाइन रहेको सो फिल्म “अधुरो प्रेम ” लगत्तै अर्को फिल्म को तयारीमा रहेको निर्देशक शिव सुबेदीले बताए।
कमेन्ट गर्नुहोस्