लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही व्यापार संघको १९ औं बार्षिक साधारणसभा कार्तिक २८ गते गर्ने निर्णय

IMG

रुपन्देही व्यापार संघले आफ्नो १९ औं बार्षिक साधारणसभा आगामी कार्तिक २८ गते गर्ने निर्णय गरेको छ ।संघको सचिवालयमा बसेको कार्य समिति बैठकले सो निर्णय गरेको संघले जनाएको छ । बैठकले संघको स्थापना भएको दिन पारेर आफ्नो साधारण सभा गर्ने निर्णय गरेको महासचिव दयानिधि भण्डारीले बताउनुभयो । राज्यले कोरोना संक्रमण नियन्त्रणका लागि तय गरेको स्वाश्थ्य निति तथा नियमको पालना गरि साधारणसभा गर्ने निर्णय संघले गरेको जनाइएको छ ।

यसैगरि संघले यही असोज २७ गते नेपाल चेम्वर अफ कमर्सको स्थापना दिवशको अवसरमा संघको सचिवालयमा रक्तदान गर्ने निर्णय गरेको छ । रक्तदान कार्यक्रम सम्पन्न गर्न महासचिव दयानिधि भण्डारीको संयोजकत्वमा एक समिति गठन गरेको छ । जसमा सहसंयोजकमा सचिव नामदेव पाण्डे तथा सदस्यहरुमा प्रेम पाण्डे, रितेश ज्ञवाली, मनिमदिन मिया, शोभा जोशी र अज७३घढर्सन भट्टराई रहनुभएको छ ।


संघले रक्तदानमा सहभागि हुन व्यवसायीहरुलाई आग्रह गरेको छ । रुपन्देही व्यापार संघले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दशै सस्तो वजार सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा एक समिति गठन गरि आवश्यक काम अगाडी बढाएको छ । जसमा महासचिव दयानिधि भण्डारी, कोषाध्यक्ष दिपक अधिकारी, मणि खनाल र प्रकाश पौडेल सदस्य रहनुभएको छ । बैठकले बुटवलउपमहानगरपालिका हाटवजारमा सटर भाडामा लिएर व्यापार व्यवसायीहरुको समस्याका विषयमा छलफल गरेको अध्यक्ष यमलाल लोहनीले बताउनुभयो। बैठकले बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको हाटवजारमा सटरभाडामान लिएका व्यवसायीहरुको सम्झौताको म्याद सकिएको हुदा बर्तमान कोरोनाका कारण लामो समय बन्द भएको हुदा नया टेन्डर नगर्न अनुरोध गर्दै कम्तीमा संझौताको म्याद १ बर्ष थप्न माग गरेको छ । बैठक संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो। 

कमेन्ट गर्नुहोस्