लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हल खुलेको ६ महिनाभित्र रिलिजगर्ने फिल्मलाई बोर्डले सहयोग गर्ने

IMG

चलचित्र क्षेत्र चलायमान बनाउन तथा कोभिडका कारण चलचित्र रिलिज गर्न नपाएर मर्कामा परेका निर्मातालाई चलचित्र विकास बोर्डले सहयोग गर्ने भएको छ ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने–‘हामीले योजना पास गरिसकेका छौ । नेपाल सरकारले हल खोल्ने अनुमति दिएसँगै यो लागू हुन्छ ।’अध्यक्ष दाहालका अनुसार, हल खुलेको ६ महिना भित्र रिलिज हुने चलचित्रका लागि यो सुविधा उपलब्ध गराइनेछ ।


चलचित्र विकास बोर्डले सर्भर इनकोडिङ चार्ज, पोष्टर छपाई, सरकारी तथा विभिन्न निजी टेलिभिजनमा विज्ञापनमा सहयोग गर्ने दाहालले बताए । दाहालले भने–‘निर्माताले तिनुपर्ने सर्भर चार्ज, पोष्टर फ्लेक्सको खर्च, हलमा चलचित्र रिलिज गर्दा लाग्ने प्रति शोको चार्ज सबै बोर्डले नै तिर्नेछ । यस्तै, सरकारी मिडियामा विज्ञापनमा छुट दिइनेछ । केही निजी टेलिभिजनमा पनि विज्ञापनमा छुट दिने बिषयमा कुरा भैसकेको छ ।’हल खुलेपनि चलचित्र रिलिज गर्ने वा नगर्ने भन्ने दोधारमा रहेका निर्माताका लागि बोर्डको यो राहत प्याकेजले पक्कै पनि उत्साह थप्ने विश्वास गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्