
२०७७ आश्विन २० तिलोत्तमा। प्रदेश ५ को स्थायी राजधानी दाङ हुनेभएपछि रुपन्देहीको तिलोत्तमाका मेयर बासुदेव घिमिरेले आजको दिनलाई लुम्बिनी बासीका लागि कालो दिनको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबुक स्टाटसमा उनले ‘लुम्बिनीको लागि आज कालो दिन ।’ लेखेका छन् । लुम्बिनी प्रदेश र राजधानी बुटवल बनाउने माग गर्दै उनि बिगत ३ दिन देखि सदनलाइ झस्काउने र सडकमा शान्तिपूर्ण आन्दोलनमा समेत होमिएका थिए। साबिक लुम्बिनी अञ्चलका ६ जिल्लाका संसदहरुले अब कुन मुख लिएर राजनीति गर्ने हुन् उनले टिप्पणि समेत गरेका छन्। मेयर बासुदेव घिमिरेले लुम्बिनी प्रदेशको राजधानी रुग्ण ठाउमा हुनुले जनताको मर्म नबुझेको र बुटवल प्रति माया दया जगाए जसरि बित्तिय राजधानीको आश्वासन दिएर मुख्यमन्त्रीले जनतालाई दिग्भ्रमित पारेको उल्लेख समेत गरेका छन्।
मंगलबार बसेको प्रदेश ५ प्रदेशसभा बैठकले स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गेको हो । प्रदेश ५ सकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले प्रस्तुत गरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएपछि स्थायी राजधानी दाङ भएको हो । प्रस्तावको पक्षमा कूल ८२ मत मध्ये ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो ।८७ जना प्रदेश सभा सदस्य रहेको प्रदेश ५ मा सभामुख र उपसभामुखले मत हाल्न पाउने व्यवस्था हुँदैन । ३ जना सांसद मतदानमा सहभागी भएनन् ।
कमेन्ट गर्नुहोस्