लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश स्थायी राजधानी दाङ्गको भालुवाङ्ग, प्रस्ताव दुई तिहाईले पास

IMG

२० असोज, काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।


प्रदेश सरकारको प्रस्तावको पक्षमा नेकपाका सांसदहरु सहित नेपाली काँग्रेसका केहि सांसद तथा संघिय समाजबादी पार्टीका सांसदले मत ब्यक्त गरेका थिए । काँग्रेसका साबिक लुम्बिनी अञ्चलका जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने विपक्षमा मत हालेका थिए । १ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।प्रदेशसको स्थायी राजधानी तोक्ने सम्बन्धमा प्रदेश ५ को प्रदेशसभामा भएको मतदानमा नेपाली काँग्रेसका केहि सभासदले पार्टी ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गरेका छन् । काँग्रेस संसदीयदलको विपक्षमा मतदान गर्ने ह्वीप उल्लंघन गर्दै सांसदहरु याकुव अन्सारी, भुमेश्वर चौधरी, डिल्ली चौधरी, शंकर गिरी र अर्जुन श्रेष्ठले फ्लोर क्रस गर्दै सरकारको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।


काँग्रेस संदीयदलले सरकारले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी तोक्ने गरि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । पार्टीका मुख्य सचेतक सुरेन्द्र हमाल भने मतदानमा उपस्थित भएनन् ।

कमेन्ट गर्नुहोस्