लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदेश ५ संसदमा कुर्सी तोडफोड

IMG

बुटवल,असोज १९ - प्रदेश न ५ काे राजधानी दाङ देउखुरी लैजाने प्रस्तावकाे बिराेधमा प्रदेशसभामा बैठक चलिरहेकाे थियाे ।  साेमबारकाे दाेश्राे बैठकमा प्रदेश ५ का कांग्रेस सांसदहरुले ५ माघ २०७१ संविधानसभाकाे झल्काे प्रदर्शन गरे ।६ बर्ष पहिले संविधान निर्माणकाे चरणमा पनि तत्कालिन माओवादी केन्द्र तोडफोडमा उत्रिएको झल्काे भने बुटवलमा लाेकतान्त्रिक दल काँग्रेसले देखाएकाे हाे ।त्यतिबेला मध्यरातमा संविधानसभामा तोडफोड भएपनि प्रदेश ५ मा भने दिउँसै यस्ताे दृश्यले लाेकतन्त्रलाइ नै गिज्याएकाे थियाे । सहमतिबिना संविधानसभामा विवादित विषयको प्रश्नावली बनाउने प्रस्ताव पेश गर्न खोजिएको भन्दै माओवादी सांसदले माघ ५ को मध्यरातमा संविधानसभा भवनका माइक र कुर्सी तोडफोड गरेका थिए । 


प्रत्यक्ष निर्वाचित  कांग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गरेपछि रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्।प्रदेश सभाको सोमबार दोस्रो पटक चलेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिएका थिए।नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई रोष्टम जान अवरोध गरे। कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरेका थिए ।कुर्सी र माइक तोडफोड गरेको भनेर त्यसको चर्को विरोध शुरु भएकाे छ । अब संसद बैठक भाेली १२ बजे बस्ने गरि स्थगित भएकाे छ ।

कमेन्ट गर्नुहोस्