लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मुख्यमन्त्रीको आश्वासन : धन्दा नमान्नुस बुटवललाई वित्तीय राजधानी बनाउँछु

tillotmacitynews - 2020 Oct 05 11:52 AM
IMG

१९ असोज, तिलोत्तमा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १४ सांसदले फरक मत राखेका छन् । संसदीय दलको सोमबार बसेको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।बैठकमा मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताए । साथै बुटवल र लुम्बिनी करिडोरलाई छोएका क्षेत्र समेटेर वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने र भालुवाङलाई प्रशासनकीय राजधानीका रुपमा अगाडि बढाउने उनले बताए ।


‘यसले बुटवलका जनतालाई केही महलपट्टी भएको छ र हामीलाई पनि राहत महसुस भएको छ’ नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले अनलाइनखबरसँग भने ।बैठकले सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न समेत सांसदहरुलाई ह्पीप लगाएका छन् । अब आफूहरुले पार्टीको निर्देशनअनुसार नै सरकारी प्रस्तावको पक्षमा मत राख्ने प्रमुख सचेतक ढकालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्